बस र ट्रक ठोकिदा १६ घाइते

बस र ट्रक ठोकिदा १६ घाइते

तुलसीपुरः दाङमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन् । फुलबारी गाविसको दमारगाउँ सानोलेखमा बस र ट्रक ठोकिदा १६ जना घाइते भएको र २ जनाको अवस्था गम्भिर भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।

दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्ज जादै गरेको रा १ ख ९४१ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको से १ ख १२८७ नम्बरको ट्रक एक आपसका ठोकिएका हुन् । तीव्र गतिमा रहेका ट्रकले बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइते १४ जननाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेका छ भने गम्भीर २ जनालाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको डिएसपी तिवारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.