२० वर्षे तीन हजार गाडी हटे

२० वर्षे तीन हजार गाडी हटे

काठमाडौः यातायात व्यवस्था विभागले २० वर्ष पुराना भाडाका गाडी सञ्चालनमा रोक लगाएसँगै पहिलो दिन बुधबार तीन हजार बढी गाडी हटेको जनाएको छ । बिहानैदेखि अनुगमनमा निस्किएको विभाग र ट्राफिक प्रहरीको टोलीले पुराना गाडी सडकमा गुडेको पाएन ।

दिनभरको अनुगमनमा रत्नपार्कमा २० वर्ष पुराना एउटा ट्याक्सी मात्र फेला परेको विभागका सूचना अधिकारी टोकराज पाण्डेले बताए । भेटिएका केही थोत्रा सवारीलाई नियन्त्रणमा लिएर जरिवाना गरेको र दैनिक रूपमा अनुगमनलाई निरन्तरता दिने उनले बताए ।

उपत्यकाका सबैभन्दा बढी लगनखेलदेखि छुट्ने गाडी विस्थापित भएको विभागको भनाइ छ । अनुगमन टोलीले बसपार्क र यसअन्तर्गतका रुटमा पुराना गाडी नभेटेकाले यस रुटबाट लुभु छुट्ने १७, चापागाउँ ४० वटा बस हटेको पाण्डेले बताए ।

राजपत्रमा सूचना प्रकाशन गरी ०७३ फागुन १७ गतेबाट २० वर्ष पूरा भएको गाडीलाई सञ्चालन गर्न नपाउने भनिएकाले व्यवसायीको विरोध र आक्रोशले निर्णय फिर्ता हुन नसक्ने विभागको भनाइ छ । यता, थप व्यवस्थापनका लागि राज्यले सवारी तथा यातायात व्यवस्था ऐन २०४९, र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४, राजपत्रमा प्रकाशन गरी जारी गरिसकेको छ ।

व्यवसायीको विरोध र आक्रोशले निर्णय फिर्ता हुन नसक्ने विभागको भनाइ

उसले क्रमशः निजी, सरकारी २० वर्ष पुराना गाडी हटाउने तयारी गरेको छ । यसका लागि राजपत्रमा प्रकाशित सूचनामा सार्वजनिक सवारीसाधन मालवाहक र यात्रुवाहक सवारी साधनको दर्ता र नवीकरणको चरणमै २० वर्ष आयु तोकिसकेको छ ।

सवारी परीक्षण कार्यालय टेकुले अब बाँकी यातायातका साधनलाई नियमित प्रदूषण जाँच गर्नेछ । विभागले ०७१ साल साउनमै केन्द्र स्थापना सवारी परीक्षण सुरु गर्ने भने पनि मेसिन चालु अवस्थामा नभएकाले समस्या भएको थियो ।

०७३ साल माघ ४ गते सवारी परीक्षण गर्ने केन्द्रले विभागबाट अधिकार पाएकाले अब १५ मिनेटमा सवारीसाधन प्रदूषण मापन गरी प्रतिवेदन दिने तयारीमा जुटेको कार्यालय प्रमुख रामचन्द्र पौडेलले बताए । विभागको तथ्यांकमा नेपालमा हाल २३ लाख ५० हजार सवारीसाधन दर्ता छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.