थापाथली क्याम्पसमा क्रान्तिकारीको प्यानल विजयी
काठमाडौः त्रिभुवन विश्वविद्यालय अन्तरगत इन्जिनियरिङ् अध्ययन संस्थान थापाथली क्याम्पसकाे स्ववियु निर्वाचनमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको पुरै प्यानल विजयी भएको छ ।
अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले दिएको जानकारी अनुसार खत्री ४ सय ४७ मत ल्याएर स्ववियु सभापतिमा विजयी भएका हुन् उनका निकट्तम प्रतिद्वन्द्वी नेविसंघका विकास लामाले २ सय ७३ मत प्राप्त गरेकका छन् । एमाले निकट अनेरास्ववियुका वसन्त सिवाकोटीले २ सय ७० मत प्राप्त गरे ।
यस्तै क्रान्तिकारीका तर्फबाट सचिवका उमेदवार सरोज लामा ४३८ मत ल्याएर विजयी भएका छन् । अखिलका सचिवका उमेदवार बिष्णु प्रसाद ढकालले २७५ मत प्राप्त गरे भने नेविसंघका अजय घलानले २६० मत प्राप्त गरे ।
कोषाध्यक्षमा पनि क्रान्तिकारीकै सवनम पञ्जियार ३०५ मत ल्याएर विजयी भएकी छिन् । नेविसंघका कपिल पुडासैनीले ३०४ मत पाएका छन् ।
विजय हुने सदस्यहरुमा सुशील भट्ट, बर्षा न्यौपाने, संजिव यादव, रिवाज पौडेल, धिरेन्द्र डाँगी, रविन ढकाल र सञ्चिता बस्नेत रहेको प्रवक्ता बस्नेतले बताए ।