धौलागिरी क्याम्पसमा नेविसंघ नेतृत्वको लोकतान्त्रिक प्यानल विजयी
बागलुङः धौलागिरी अञ्चलकै एक मात्र आंगिक क्याम्पस धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा भएको स्वबियू निर्वाचनमा नेपाल विद्यार्थी संघ नेतृत्वको लोकतान्त्रिक प्यानल विजयी भएको छ ।
बिहीबार विहान सम्पन्न मतगणनामा नेपाल बिद्यार्थी संघ नेतृत्वको लोकतान्त्रिक प्यानलका मनबहादुर थापा ‘मनिस’ स्ववियु सभापतिमा विजयी भएका हुन्। नेपाल विद्यार्थी संघका उम्मेदवार थापाले कुल खसेको ८ सय ३० मत मध्ये ५ सय २ मत लिएर विजयी भएको निर्वाचन अधिकृत डा.दिनबहादुर थापाले बताए। उनका प्रतिस्पर्धी अखिल संयुक्तका सभापतिका उम्मेदवार शेखर खड्काले ३ सय ६ मत प्राप्त गरे।
सचिवमा लोकतान्त्रिक प्यानलका विष्णुराज शर्माले ४ सय ५१ र कोषाध्यक्षमा सुस्मिता बोहराले ४ सय ९९ मत लिएर विजयी भए। सचिवमा अखिल संयुक्तका जिवन शर्माले ३ सय ४३ र कोषाध्यक्षमा बिष्णुकुमारी जोल्मीले २ सय ९७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
सदस्यहरुमा लोकतान्त्रिक प्यानलका मिना सापकोटा, सञ्जु चापागाई, मनोज सापकोटा, विवेक जिसी र हरिवहादुर भण्डारी मत प्राप्त गरी विजयी भएका छन्।
समानुपातिकतर्फ लोकतान्त्रिक प्यानलले ५ सय, अखिल संयुक्तले २ सय ९३ र अनेरास्वयवियु पाँचौले २० मत प्राप्त गरेको छ। निर्वाचनमा प्रत्यक्षतर्फ ४ संगठनका १९ जना चुनावी मैदानमा रहेका थिए ।
नेविसंघ नेतृत्वको लोकतान्त्रिक प्यानलमा कांग्रेस निकट नेविसंघ, राप्रपा निकट राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघ र नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियन रहेका थिए भने अखिल संयुक्तमा एमाले निकट अनेरास्ववियू, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठांै रहेका थिए।