पहाड भत्काएर खोलामा हाल्दा डुबानको खतरा

पहाड भत्काएर खोलामा हाल्दा डुबानको खतरा

हेटौंडाः कान्तिलोकपथ निर्माणका क्रममा पहाड भत्काउँदै ढुंगा, माटो खोलामा खसाल्दा बर्खामा केही गाविसका गाउँ डुबानमा पर्ने सम्भावना बढेको छ । मकवानपुरगढी तथा ठिंगन गाविस क्षेत्रमा ठेकेदार कम्पनीले चेकड्याम व्यवस्था नगरी पहाड फोरिएको माटोलाई सिमात खोलामा फाल्दा त्यसको प्रभाव बर्खाको बाढीमा देखिन सक्ने खतरा बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका हुन् ।

‘सडक विस्तारका क्रममा निस्किएको ढुंगामाटोलाई सीधै खोलामा फालिएको छ', ठिंगन ३ का रत्न लामाले भने, ‘बर्खामा यसले समस्या निम्त्याउन सक्छ ।' ठेकेदार कम्पनीले प्रयोग गरेको सडक खन्ने मेसिनको मद्दतले पहाडमा रहेको माटो तथा चट्टानलाई एक सय मिटर अग्लो भीरबाट सोझै खोलामा खसाल्दा उक्त वनका रुखबिरुवा नष्ट हुने भूक्षयको खतरा हुने सम्भावना बढेको उनले बताए । दैनिक हजारौं टन माटो सिमात खोलामा फाल्दा खोलाको सतह बढ्ने र भविष्यमा त्यसको प्रभावले पूर्वीमकवानपुरको छतिवनका अधिकांश भूभागसहित बाराका केही भूभाग डुबाउने खतरा बढेको छतिवन जुरेलीका देवेन्द्र दाहालले गुनासो गरे ।

माटोलाई सीधै खोलामा फाल्दै गरेका एक एक्साभेटर चालकले आफूहरूलाई चेकड्यामका विषयमा जानकारी नभएकाले सीधै खोलामा माटो फालेको बताए । हेटौंडादेखि ललितपुरसम्म ९१ किलोमिटर सडकमा काम गर्दै आएको ठेकेदार कम्पनी बीएनएस, मोतीदान र अमरले सडक चौडा गर्ने, ढल विस्तार र कालोपत्रेको ठेक्का पाएका छन् । हेटौंडाको बुद्धचोकलाई सडकखण्डको सुरुवात बिन्दु मानिएको छ भने अन्तिम बिन्दु ललितपुरको सातदोबाटोस्थित चापागाउँ दोबाटो हो ।

दैनिक हजारौं टन माटो फाल्दा खोलाको सतह बढ्ने र भविष्यमा त्यसको प्रभावले डुबान खतरा बढ्न सक्छ ।

मकवानपुरतर्फ कुल ५१ किमिमा बुद्धचोक-चुच्चेखोला (सात किमि), चुच्चेखोला-जितपुर (१५ किमि),  जितपुर-आलेभन्ज्याङ (१८ किमि) र आलेभन्ज्याङ-वाग्मती बगुवा पुलसम्म (११ किमि) गरी चार खण्ड बनाएर काम भइरहेको छ । सडकलाई ‘डबल लेन' बनाउने काम भइरहेको कान्तिलोकपथ सडक योजना प्रमुख देवेन्द्र साहले बताए । निर्माण सकेर मार्ग सञ्चालनमा आएपछि ललितपुरको सातदोबाटोदेखि हेटौंडाको बुद्धचोकसम्म (९० किमि) दुई घन्टामा पुग्न सकिने उनको भनाइ । ललितपुरमा चार र मकवानपुरमा पाँच गरी नौ प्याकेजमा सडक विस्तार काम भइरहेको आयोजना प्रमुख साहले बताए ।

सेनाले ट्र्याक खोलेको सडकमा बजेट अभावले काम हुन सकेको थिएन । तर कामले तीव्रता पाए पनि विकासका कारण हुने विनाशको मूल्यांकन नहुँदा भविष्यमा ठूलो विपद् आउन सक्ने सम्भावना रहेको स्थानीयको गुनासो छ । २०१३ सालमा राजा महेन्द्रले शिलान्यास गरेसँगै ट्र्याक खोलिएको हो । ट्र्याक खोलेको झन्डै साठी वर्ष बित्दा पनि हेटौंडालाई काठमाडौंसँग जोड्ने पक्की बाटो भने निर्माण पूरा भएको छैन ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.