ओप्पोको 'फाइभ एक्स डुअलमा क्यामेरा जुम'

ओप्पोको  'फाइभ एक्स डुअलमा क्यामेरा जुम'

काठमाडौं: ओप्पोले स्पेनको बार्सिलोनामा आयोजना भएको मोबाइल वल्र्ड कंग्रेस (एमडब्ल्यूसी) २०१७ मा विश्वकै पहिलो 'फाइभ एक्स डुअल क्यामेरा जुम' सार्वजनिक गरेको छ। ओप्पोमा प्रयोग भएको पेरिस्कोप स्टाइल डुअल क्यामेरा, स्मार्टफोनका लागि संसारकै पहिलो हो।

अहिले बजारमा डबल जुमका साथ स्मार्टफोन उपलब्ध हुँदै आएको छ। ओप्पोले भर्खरै सार्वजनिक गरेको फोन पाँच गुणा जुमसहितको स्मार्टफोन हो। यो सँगै ओप्पो स्मार्टफोनको क्यामरामार्फत प्रयोगकर्ताले शक्तिशाली जुमका साथै अभूतपूर्व इमेज स्ट्याबिलाइजेसनको मज्जा लिन पाउनेछन्।एक वर्ष लामो परीक्षणपश्चात कम्पनीले पेरिस्कोप स्टाइल्ड डुअल क्यामेरा प्रविधिको विकास गरेको हो। हाल यस प्रविधिका लागि ५० भन्दा बढी प्याटेन्ट दर्ता भइसकेका छन्।

ओप्पोको उपाध्यक्ष तथा इन्टरनेसनल मोबाइल बिजनेसका प्रबन्ध निर्देशक स्काइ लीले जुमसहित फाइभ एक्स डुअल क्यामेराले स्मार्टफोन फोटोग्राफीका लागि नयाँ आयाम हुने बताइएको छ। उनका अनुसार नयाँ प्रविधिमार्फत प्रयोगकर्ताले आफ्नो आवश्यकता र चाहनाअनुसार उत्कृष्ट र आकर्षक तस्बिर लिन सक्नेछन्। सबमेरिनको पेरिस्कोपमा आधारित फाइभ एक्स डुअल क्यामेरामा वाइड एंगल र टेलिफोटो लेन्सको प्रयोग गरिएको छ। टेलिफोटो लेन्सको कोणलाई ९० डिग्री सार्दा लेन्सलाई डिप जुमका लागि पर्याप्त स्थान उपलब्ध हुन्छ।

त्यसैगरी, पेरिस्कोप स्टाइल प्रिजमले क्यामेरामा प्रवेश गर्ने प्रकाशको दिशालाई ९० डिग्रीको कोणमा निर्देशित गर्छ। प्रयोगकर्ताले क्यामरामा जुम गर्दा टेलिफोटो लेन्समार्फत फोटो क्याम्चर हुन्छ। यसबाट पिक्चर क्वालिटी उत्कृष्ट हुनुका साथै जस्तो सुकै समयमा पनि फोटो लिन सकिन्छ। फाइभ एक्स जुम क्यामेराको प्रयोग गरी प्रयोगकर्ताले उत्कृष्ट ल्यान्डस्केप, पोट्रेट तथा क्लोजअप फोटो खिच्न सक्नेछन्।
कम्पनीले डुअल क्यामेरा सेटअपमार्फत स्मार्टफोनलाई पातलो राख्दै उद्योगकै पहिलो लसलेस फाइभएक्स डुअल क्यामेरा जुम उपलब्ध गराएको छ। पेरिस्कोप स्टाइलमा निर्माण भएको फाइभएक्स डुअल क्यामेरा मोड्युलको मोटाइ ५ दशमलव ७ एमएम मात्र छ। अहिले स्मार्टफोनमा उपलब्ध टुएक्स अप्टिकल जुमका तुलनामा यो १० प्रतिशतले पातलो रहेको कम्पनीले जनाएको छ।
यसका साथै कम्पनीले स्मार्टफोनको क्यामरामा अप्टिकल इमेज स्ट्याबिलाइजेसन सोलुसन (ओआईएस) उपलब्ध गराएको छ। यसले फोटो खिच्ने समयमा जुम गर्दा हुने कम्पनमार्फत फोटोमा पर्ने असरलाई कम गर्नेछ। त्यसका लागि ओप्पोले ओआईएसलाई सिधै टेलिफोटो लेन्समा प्रयोग गरेको छ। जुन साधारणतया ओआईएस प्रविधिको प्रयोग वाइड एंगल लेन्समा हुँदै आएको छ। यसले फोटोमा ४० प्रतिशतसम्मको सुधार ल्याउन सघाउनेछ। साथै, प्रिजम संयन्त्रले ०.००२५ डिग्री बढाएर कोण समायोजन गर्न पनि सघाउने कम्पनीले जनाएको छ।

ओप्पाका उपाध्यक्ष स्काइ लीले इमेज फ्युजन र ओआईएस प्रविधिमा आधारित पेरिस्कोप स्टाइलमा निर्माण गरिएका वाइड एंगल्ड र टेलिफोटो लेन्स समाहित डुअल क्यामेराले मोबाइल फोटोग्राफीलाई डिजिटल क्यामेरासँग नजिक ल्याएको बताए। उनले यो प्रविधि अन्य स्मार्टफोन कम्पनीले पनि पछ्याउने बताए। सेल्फी फोनका रूपमा परिचय बनाएको ओप्पोले सन् २०१२ मा सेल्फी तस्बिरका लागि उपलब्ध गराएको ब्युटिफिकेसन पनि यसकै एउटा नमुना हो।

ओप्पोले स्मार्टफोनमा ब्युटिफिकेसनलाई प्रि इन्स्टल्ड रूपमा राख्न सुरु गरेको थियो। अहिले यो फिचर बजारमा उपलब्ध अधिकांश स्मार्टफोनका लागि अनिवार्य कन्फिगेरेसन बनिसकेको छ। ओप्पोको नेपाली बजारमा सेल्फी एक्सपर्ट एफ सिरिजअन्तर्गत फ्ल्यागसिप मोडल एफवान प्लस उपलब्ध छ। यसमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा प्रयोग गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.