रेनोल्टको टेस्ट ड्राइभ थप सहरमा
काठमाडौं: नेपालमा रेनोल्टको आधिकारिक वितरक, एडभान्स अटो मोबाइल प्रालिले रेनोल्ट कार प्रेमीका लागि देशका विभिन्न सहरमा रेनोल्ट टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ । बुधबारबाट कम्पनीले टेस्ट ड्राइभ सुरु गरेको हो ।
ग्राहकले धरान, इटहरी, जनकपुर र दमकमा महाविर अटो मोबाइल्समा रेनोल्ट कारको अनुभव लिन सक्नेछन् । रेनोल्ट टेस्ट ड्राइभ कार्यक्रममा, रेनोल्ट प्रेमीले रेनोल्ट क्विड चलाएर परीक्षण गर्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकलाई रेनोल्ट ब्रान्डबारे जानकारी दिन आयोजना गरिएको उक्त कार्यक्रम फागुन २७ गतेसम्म चल्नेछ । विहान १० बजेदेखि साँझ ६ बजेसम्म आयोजना हुने कार्यक्रममा ग्राहकले रेनोल्ट कारको आश्चर्यजनक अनुभव हासिल गर्न सक्नेछन् ।
कार्यक्रमको अवधिमा ग्राहकले रेनोल्ट क्विडको २५.१७ किलोमीटर प्रतिघन्टाको इन्धन खपतको क्षमता, १८० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, ७ इन्चको टचइन्फोटेनमेन्ट सिस्टम, तथा रिमोट सेन्ट्रल लकिङ, १६ इन्चको गन मेटल ह्विल्स, क्रुज कन्ट्रोललगायतका विशेषताबारे जानकारी पाउनेछन् ।