स्ववियु सभापतिमा उम्मेदवार बनेकी नेविसंघ नेतृले गरिन् आत्महत्या
स्याङ्जाः स्याङ्जामा स्ववियु सभापतिको उम्मेदवार बनेकी नेपाल विद्यार्थी संघकी नेतृले आत्महत्या गरेकी छिन्।
फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा स्ववियु चुनावमा नेविसंघका तर्फबाट सभापतिमा उम्मेदवार बनेकी नेतृ रिमा क्षेत्रीले बिहीबार बिहान ८ बजे आत्महत्या गरेकी हुन्। रिमा फेदीखोला–९, डाँडागाउँस्थित आफ्नै घरमा मृत फेला परेकी थिइन्। आत्महत्याको कारण भने खुल्न सकेको छैन।
सिद्धार्थ बहुमुखी क्याम्पसमा नेविसंघका तर्फबाट क्षेत्री र अनेरास्ववियुका तर्फबाट प्रतिष्ठा कार्की स्ववियु सभापतिको उम्मेदवार बनेका थिए। निर्वाचनमा भने अनेरास्ववियुकी नेतृ कार्की विजयी भएकी थिइन्।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको छ।