अर्काको 'लाइसेन्स' पेश गर्ने शिक्षक अख्तियारको कारवाहीमा
काठमाडौं: अर्काको नामको शिक्षण अनुमति पत्रका आधारमा नियुक्ती लिई जागिर खाइरहेका शिक्षक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारवाहीमा परेका छन् ।
जुम्लाको ताम्सी स्थित जनप्रिय प्राथमिक विद्यालका शिक्षक लोकबहादुर शाही अख्तियारको कारवाहीमा परेका हुन । शाहीले प्रावि दरवन्दीमा नियुक्ती लिएका थिए ।
२०६५ चैत्र २ गतेदेखि २०७२ असार ३० गतेसम्म उक्त विद्यालयमा कार्यरत शाहीले अर्काको नामको अध्यापन अनुमति पत्र पेश गरी नियुक्ती लिएर जागिर खाएको अख्तियारको ठहर छ ।
शाहीलाई भ्रष्टचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायँ हुने गरी बिषेश अदालतमा मुद्धा दायर गरिएको अख्तियारले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाएको छ ।