भोलि र पर्सि पनि पानी पर्न सक्ने
काठमाडौँ : गर्मी मौसम सुरु भएसँगै स्थानीय वायु बदली हुदाँ बिहीबार राजधानी उपत्यकामा सामान्य बर्षा भएको छ। जाडो मौसम सकिएसँगै पश्चिमी वायु बदली हुदाँ शनिबारसम्म छिटफुट बर्षा हुने मौसमविद् बरुण पौडेलले जानकारी दिए। स्थानीय वायु बदली हुँदा हुरी बतास चल्ने र पहाडी क्षेत्रमा सामान्य बर्ष हुने पौडेलले बताए।
प्रिमनसुनको समय भएकाले मनसुन हुँदै जाँदा क्षणिक बर्षा हुने र केही समयमै रोकिने जल तथा मौसम विज्ञान विभागले बताएको छ। शनिबारसम्म पहाडी भूभागमा हुरीबतास, चट्याङसहित पानी पर्ने भए पनि आइतबारदेखि मौसम सफा हुने विभागको पूर्वाअनुमान छ।
पश्चिमी क्षेत्रबाट वायु प्रवेश गरी सकेकाले मौसम बदली हुने लक्षण देखिन सक्ने भएकाले अबका दिनमा अचानक मौसम परिर्वतन भइ बर्षा हुने अनुमान गरिएको छ।
विभागका अनुसार बिहीबारको बर्षा प्रिमनसुनको पहिलो हो। लामो समयको खरेडीपछि पानी पर्दा किसानमा खुसी छाएको छ।