बस र ट्रक जुद्धा एकको मृत्यु, २३ घाइते

बस र ट्रक जुद्धा एकको मृत्यु, २३ घाइते

तुलसीपुर : दाङमा बिहीबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

राप्ती राजमार्ग अन्तरगत फुलबारी गाविसको बखरिया सानोलेखमा भएको दुर्घटनामा बसका चालक तुलसीपुर १८ का विरण चौधरीको उपचारका लागि भारत लाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए। दुर्घटनामा सहचालक गोविन्द शर्मालगायत चार गम्भीर घाइते भएका छन्।

दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्ज जाँदै गरेको रा १ ख ९४१ नम्बरको बस र विपरित दिसाबाट आउँदै गरेको से १ ख १२८७ नम्बरको ट्रक ठोक्किएको थियो।

तिव्र गतिमा रहेको ट्रकले बसमा ठकर दिँदा बसमा सवार २३ जना घाइते भएको प्रहरीले बताएको छ। घाइतको नेपालगञ्ज र दाङमा उपचार भइरहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.