तिलाेत्तमा गाेल्डकपः टाइब्रेकरमा आर्मी भाग्यमानी

तिलाेत्तमा गाेल्डकपः टाइब्रेकरमा आर्मी भाग्यमानी

बुटवलः गोलरक्षक सुशील श्रीवास्तव चम्किएपछि विभागीय टोली त्रिभुवन आर्मी क्लब बुटवलमा जारी १९औं तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा बिहीबार आर्मीले टाइब्रेकरमा आयोजक टोली अग्नि रूपन्देही-११ लाई ४-२ गोलले हरायो । अघिल्लो संस्करणको फाइनलमा रूपन्देहीसँग पराजय भोगेको आर्मीले यसपटक सेमिफाइनलमै बदला लियो ।

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । अतिरिक्त समयको एक सय १०औं मिनेटसम्म दुवै टोलीले बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । गेम चेन्जरको रूपमा दुई विदेशी खेलाडीलाई मैदान पठाएको रूपन्देही कुनै चमत्कार देखाउन सकेन । टाइब्रेकरमा एकएक बल बाँकी छँदा आर्मीले जित सुनिश्चित गर्दै उपाधि नजिक पुगेको हो ।

रूपन्देहीका सौरव मगर र उत्तम गुरुङले मात्रै बलको सदुपयोग गरे । अफ्रिकी खेलाडी एमबोला र सामसनको प्रहार विफल बनेको थियो । एमवोलाको बल बाहिरिएको थियो । सामसनको बल आर्मीका गोल रक्षक सुशीलले फर्काएका थिए ।

आर्मीका हिरण्य मगर, राजु तामाङ, विवेक बस्नेत, सन्तोष तामाङले गोल गरेका थिए । त्यसअघि आर्मीले एक दर्जन गोल गर्ने सुनौला अवसर गुमाएको थियो । खेलको ५९औ मिनेटमा आर्मीले खालि पोस्टमा गोल गर्ने अवसरसमेत गुमाएको थियो । उत्तम गुरुङको प्रहार क्रस रूपन्देहीका गोल रक्षक दिलीप क्षेत्रीको हातबाट फुत्किँदा पाएको अवसर आर्मीले सदुपयोग गर्न सकेन् । लगत्तै भएको खालि पोस्टमा पनि आर्मीका खेलाडीले बल प्रहार गर्न सकेनन् । लगातार पोस्ट आक्रमण गरेको आर्मीले एक सय तीन मिनेटको सुन्दर अवसर गुमाएको थियो ।

करिब २५ सय घरेलु दर्शकको साथ पाएको रूपन्देहीले पनि सुनौला अवसरलाई सदुपयोग गर्न सकेन । ६१औं मिनेटमा लक्ष्मण रुचालले गरेको प्रयास पोस्ट नजिकैबाट बाहिरिँदा समर्थक स्तब्ध बनेका थिए । ७३औं मिनेटमा सामसनले पाएको राम्रो अवसर आर्मीका रक्षापंक्तिका खेलाडीले असफल पारिदिए । रूपन्देहीले एक सय मिनेटमा डीबक्स नजिकैबाट पाएको फ्रिकिकको मौका आर्मीका रक्षकले विफल पारिदिएका थिए । आर्मीका गोल रक्षक सुशील म्यान अफ दी म्याच बने । फाइनलमा आर्मीले संकटा क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले नगद तीन लाख ३३ हजार तीन सय ३३ रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.