डायनाको प्रिय गाउन

डायनाको प्रिय गाउन

बेलायतको किङस्टोन प्यालेसले स्व. राजकुमारी डायनाका उत्कृष्ट पहिरन र सामग्रीहरू प्रदर्शनमा राखिएका छन् । स्टाइलिस डायनाको फेसन यात्राको बारेमा संसारलाई थप जानकारी दिन प्रदर्शनी आयोजना गरिएको बताइएको छ । डायनाको रेखदेख र सेवामा काम गरेकी एक महिला इलेरी लायनले डायनाको फेसन सोखको स्मरण गर्दै आफ्नो काममा पनि उनी उत्तिकै केन्द्रित हुने गरेको बताएकी छन् । ‘आफूलाई फरक देखाउन मन पराउँथिन्', इलेरीले भनेकी छन्, ‘राजपरिवारको मान्यतालाई बेवास्ता गर्दै पञ्जा र ह्याट नलगाई हिँड्ने गर्थिन् ।'

पञ्जा र टोपी नलगाई हिँड्ने उनी नांगोहातले मान्छेसँग हात मिलाउन, मान्छेसँग प्रत्यक्ष भेटेर गफ गर्न रुचाउँथिन् । विश्वविख्यात ‘पीपल' म्याग्जिनले जनाएअनुसार बालबालिकालाई भेट्दा उनीहरूलाई अंकमाल गर्न गाह्रो हुने भएकाले डायनाले ह्याट लगाउन छाडेकी हुन् । सर्वसाधारणसँग सधैं आत्मीयता व्यावहार गर्न चाहने डायनाको बानीले उनको बानी र व्यवहार मन पराउनेका संख्या करोडौं थियो ।

राजकुमारी डायनाले जीवनकालमा प्रयोग गरेका डायनाका उत्कृष्ट पहिरन र सामग्रीहरू प्रदर्शनमा राखिएका छन् । डायनालाई सबैभन्दा मनपर्ने नीलो मलमलको गाउन उनले धेरै कार्यक्रममा लगाएकी थिइन् । उक्त गाउन पनि प्रदर्शनीमा राखिएको छ ।

राजकुमारी डायनाले जीवनकालमा प्रयोग गरेका उत्कृष्ट एवं फेसनेबल पहिरन उनका अनुयायीहरूले प्रदर्शनीमा अहिले नियाल्न पाएका छन् । डायनालाई सबैभन्दा मनपर्ने नीलो मलमलको गाउन उनले धेरै कार्यक्रममा लगाएकी थिइन् । उक्त गाउन पनि प्रदर्शनीमा राखिएको छ । सन् १९८५ मा अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस जाँदा उनले लगाएकी थिइन् । सो गाउनमा उनी जोन ट्राभोल्टसँग नाचेकी थिइन् ।

प्रदर्शनीमा डायना आफैंले सिर्जना गरेका विभिन्न स्टाइल र पहिरन पनि राखिएका छन् । डायना प्रायः डिजाइनरसँग नजिक रहेर, उसको सिर्जना बुझेर काम गर्न चाहन्थिन् । आफूले लगाएका पहिरनहरू कस्तो छ भनेर डिजाइनरसँग सोध्ने गर्थिन् । डायना कुनै पनि ठाउँअनुसार पहिरन लगाउनु पर्छ र त्यसरी नै प्रस्तुत हुनुपर्छ भन्ने मान्यता राख्थिन् । इलेरीका अनुसार प्रदर्शनीमा राजदरबारले पनि पुराना एतिहासिक सामानहरूसमेत समावेश गर्न चाहेको छ ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.