एम्मा आकर्षण

एम्मा आकर्षण

हलिउडमा ‘हाइयस्ट पेड' नायिकाका रूपमा स्थापित एम्मा स्टोनको आकर्षण बढ्दो छ । २८ वर्षीया स्टोन अभिनयमा जति सफल छिन् गायनमा पनि त्यत्तिकै दक्खल राख्छिन् । हलिउड सेलिब्रेटीको विशेषता भन्नु रोमान्स, बिन्दास जीवनशैली, प्रेम, सेक्स आदि मानिन्छ । यी विषयमा पनि एम्माको चर्चा नहुने होइन तर उनी काम र सफलताबाटै बढी चर्चित बन्न सफल भएकी छन् ।

अमेरिकाको एरिजोनामा सन् १९८८ मा जन्मेकी उनी अहिले क्यालिफोर्नियास्थित लस एन्जलसमा बस्छिन् । हलिउडमा सफलताको मानक बनेकी उनको वास्तविक नाम इमिली जिन स्टोन हो । उनी सर्वाधिक बढी अवार्ड पाउने नायिकामध्येमा पर्छिन् । अहिलेसम्म एक सय चार पटक विभिन्न अवार्डमा मनोनयनमा परेकी उनले ओस्कार, ब्रिटिस एकेडेमी फिल्म, गोल्डेन ग्लोब, बाफ्टा, एमटीभी मुभीलगायत ३४ वटा प्रतिष्ठित अवार्ड हात पारिसकेकी छन ।

विश्व चलचित्रमा सबैभन्दा ठूलो र कौतुहलपूर्ण मानिने ओस्कार अवार्डको ८९औं संस्करणमा उनले डेमियन चाजेलले निर्देशन गरेको चलचित्र ‘ला ला ल्यान्ड'बाट एम्माले सर्वोत्कृष्ट नायिकाको अर्वाड चुमिन् । ओस्कारको यस संस्करणमा एम्मा अभिनीत यो चलचित्र १४ विधामा मनोनयनमा परेको थियो । जसमा सर्वोत्कृष्ट निर्देशक, अभिनेत्री, छायांकार, स्कोर, गीत र प्रोडक्सन डिजाइन गरी ६ विधामा अवार्ड हात पार्न सफल भयो ।

आफ्ना समकालीनमध्ये हलिउडमा प्रभावशाली नायिका मानिने एम्मालाई सन् २०१३ मा फोब्र्स म्यागेजिनले विश्वप्रसिद्ध सय सेलिब्रेटीमध्येमा समावेश गरेको थियो । सन् २००० देखि रंगमञ्चमा काम गर्न थालेकी उनी किशोरावस्थामै आमासँग लस एन्जलस आएकी हुन् । ‘न्यु प्याट्रिज फ्याम्ली' नामक रियालिटी शोमार्फत टेलिभिजनमा प्रवेश गरेकी उनले सुरुमा टेलिभिजनमा ससाना भूमिका निर्वाह गर्थिन् । सन् २००७ मा चलचित्र सुपरब्याडबाट हलिउड डेब्यु गरेकी हुन् ।

एम्मालाई चर्चामा ल्याउने चलचित्र भने सन २००९ मा बनेको ‘जोम्बिल्यान्ड' हो । एम्माले मुख्य भूमिका निर्वाह गरेको पहिलो चलचित्र भने ‘इजी ए' हो । हास्यप्रधान यो चलचित्र सन् २०१० मा दर्शकमाझ आएको थियो । यस चलचित्रबाट उनले सर्वोत्कृष्ट नायिकाका रूपमा बाफ्टा अवार्ड र गोल्डेन ग्लोब अवार्ड हात पारेकी थिइन् । त्यसपछि सुरु भएको सफलताको शृंखला झन्झन् तेज गतिमा अघि बढिरहेको छ ।

सन् २०११ मा उनको अर्को चलचित्र ‘क्रेजी, स्टुपिड, लभ' र ‘द हेल्प'ले समीक्षकको ध्यान तान्यो । सन् २०१२ मा स्पाइडर म्यानमा ‘ग्वेन स्टाकी' खेलेपछि उनले त्यस चलचित्रबाट पनि वाहवाही पाइन् । सन् २०१४ मा हास्यप्रधान चलचित्र ‘बर्डम्यान'बाट ‘एकेडेमी अवार्ड' पाएकी उनले सन् २०१६ मा दर्शकमाझ आएको सांगीतिक चलचित्र ‘ला ला ल्यान्ड'बाट बाफ्टा, गोल्डेन ग्लोब अवार्डसहित ओस्कार जितेकी हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.