मेगा र रेमिट टुबीच रेमिटेन्स सम्झौता
काठमाडौः मेगा बैंक नेपाल र रेमिट टु नेपालबीच रेमिटेन्स कारोबारसम्बन्धी सम्झौता भएको छ । मेगा बैंकका तर्फबाट डेपुटी सीईओ रविना देशराज श्रेष्ठ र रेमिट टु नेपालका सीईओ चन्द्र भट्टले रेमिटेन्स कारोबारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
उक्त सम्झौतापछि रेमिट टु नेपालमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम (रेमिटेन्स) मेगा बैंकका देशभर रहेका शाखाबाट भुक्तानी पाउनेछन् । यसैगरी, रेमिट टु नेपालको सफ्टवेयरमार्फत स्वदेशमा रकम पठाउन र भुक्तानी लिन पाइने उल्लेख छ ।
उक्त साझेदारीपछि खाडी मुलुक, जापान र युरोपबाट रेमिटेन्स कारोबारमा सहज हुने मेगा बैंकको विश्वास छ । मेगा बैंकका ४० वटा शाखा र देशभरि छरिएका १४ सय रेमिट एजेन्ट छन् ।