रोल्पामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

रोल्पामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

लिबाङ: रोल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेमा कोटगाउँ–७ रोल्पाका आइतेसिंह विक रहेका छन्।

रोल्पाको घर्तीगाउँबाट माडिचौर आउँदै गरेको ना ३ त ६९८८ नम्बरको ट्याक्टर कोर्चाबाङ–५ सिमखेतमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परी घाइते भएका विकको प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए।

शव परीक्षणका लागि जिल्ला अस्पताल रोल्पामा राखिएको उनले बताए। प्रहरी नायब उपरीक्षक मगरका अनुसार दुर्घटनामा परेको ट्याक्टर बाटोदेखि करिब ५० मिटर तल खसेको थियो। ट्याक्टरमा सवार सहचालक भने सकुसल रहेका छन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.