स्थानीय निर्वाचनबारे भारतको कुनै असहमति छैन: राजदूत उपाध्याय

स्थानीय निर्वाचनबारे भारतको कुनै असहमति छैन: राजदूत उपाध्याय

काठमाडौंः भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले नेपालको चुनावलाई लिएर भारतको कुनै पनि असन्तुष्टि नरहेकोे स्पष्ट पारेका छन्।

उपाध्यायले भने,‘भारतले चुनावको कुनैपनि विरोध गरेको छैन, नेपालको संसद र मन्त्रिपरिषदले गरेको निर्णयलाई अरुलाई दोष दिएर हामी उम्कन मिल्दैन। त्यसैले अरुलाई दोष लगाउने बानीबाट नेपाल मुक्त हुनुपर्छ र स्थानीय तहको निर्वाचन हुनैपर्छ, भारतले नेपालमा हुन लागेको चुनावको अहिलेसम्म कुनै विरोध गरेको छैन।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले लोकतन्त्रको सुन्दर पक्ष भनेको नै चुनाव भएको जिकिर गरे। उनले भने,‘अब चुनाव हुनुपर्छ, त्यो आफैले गर्ने हो, भारतलाई दोष दिएर हामी उम्कन मिल्दैन्।’

‘राष्ट्रपति भण्डारीको भारत भ्रमण छिट्टै’

राजदूत उपाध्यायले राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणपनि छिट्टै हुने विश्वास दिलाए। उनले भने,‘राष्ट्रपतिको भारत भ्रमणको लागि दुवै तर्फ प्रयत्नशील छौं, गृहकार्य अन्तिम चरणमा पुगेको छ, भ्रमण मिति छिट्टै घोषणा हुन्छ।’

नेपाल–भारत सम्बन्धमा अहिले कुनैपनि समस्याहरु नरहेको उनले स्पष्ट पारे। उनले भने,‘सबै खाले चुनौतीहरु समाधान भइरहेका छन्। यो सकारात्मक कुरा हो।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.