‘लोडसेडिङ अन्त्यमा भारतको ठूलो हात’
काठमाडौंः भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले नेपालमा लोडसेडिङ अन्त्य हुनुमा भारतको ठूलो हात रहेको बताएका छन्।
अन्तरदेशीय प्रशारण लाइन निर्माण भइसकेकाले भारतबाट ल्याइएको विजुली काठमाडौंसम्म ल्याउन सकिएको बताउँदै उनले यसले लोडसेडिङ कमी गर्न ठूलो भूमिका निर्वाह गरेको विश्वास दिलाए।
राजधानीमा आयोजित सााक्षात्कारमा उनले भने,‘अन्तरदेशीय प्रशारण लाईन निर्माण भएकोले हामीले विजुली पाएका छौं, अहिले हामीले थप १२० मेगावाट विजलुी मागेका छौं।’ उनले विजुली उपलब्ध गराएकोमा मित्रराष्ट्र भारतलाई धन्यवाद दिनुपर्ने बताए। उनले भने,‘भारतकै कारणले नेपालमा लोडसेडिङ अन्त्य हुँदै गइरहेको छ, यो कुरा सबैलाई थाहा छ।’
नेपाल–भारत द्विपक्षीय सम्बन्ध विश्वासमा परिणत भएको र अहिले उचाइमा पुगेको बताउँदै राजदूत उपाध्यायले भने,‘अहिले त द्विपक्षीय ओभरराइड मेकानिजम बनेको छ, रेलमन्त्री र वित्तमन्त्री पनि हालै काठमाडौं आउनुभयो।’