ट्राफिक नियम उल्लंघन गर्दै रोनाल्डोले कार चलाएपछि...

ट्राफिक नियम उल्लंघन गर्दै रोनाल्डोले कार चलाएपछि...

रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले ट्राफिक नियम उल्लंघन गरेको पाइएको छ। सान्टियागो बर्नबाउमा ला लिगा फुटबलमा लास पल्मससँग रियल मड्रिड ३–३ गोलको बराबरीमा रोकिएपछि रोनाल्डो रंगशालाबाट आफ्नी प्रेमिकासँगै बाहिरिएका थिए।

खेलमा दुई गोल गर्दै रियल मड्रिडलाई हारबाट जोगाएका रोनाल्डोले रंगशालाबाट बाहिरिएपछिको चोकमा ट्राफिक नियमको खिल्ली उडाउँदै कार चलाएको भिडियो सार्वजनिक भएको छ।  बाटोमा ‘रेड लाइट’ बलेपछि अन्य सवारी रोकिए। तर, रोनाल्डोले ट्राफिक नियमको खिल्ली उडाउँदै कार अघि बढाएका थिए।

रोनाल्डोको कारभन्दा अगाडि रहेको एउटा कार रोकिएपनि उनले कारलाई देब्रेतिर ‘टर्न’ गराउँदै ‘रेड लाइट’ पार गरेका थिए। स्पेनिस पत्रिकाका अनुसार रोनाल्डो ट्राफिक नियम पालना नगरी अघि बढेपनि सडकमा तैनाथ प्रहरीहरुले हेरेरमात्रै बसेका थिए। केही प्रहरीले रोनाल्डोले ट्राफिक नियमविपरित ‘रेड लाइट’ पार गरेको देखेपनि उनलाई कसैले रोकेनन्।

भिडियो हेर्नुस्: 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.