विवेकशीलको धुलोमाण्डौं साहित्य : धेरै ढिलो नगर म मृत्युको मुखमा पुगिसकेँ
काठमाडौं : अव्यवस्थित सडक विस्तार निर्माण तथा बढ्दो सवारी साधनको कारणले काठमाडौंमा तीव्र रुपले धुवाँधुलो बढेको छ।
धुवाँधुलोको कारण लाखौं मानिसको स्वास्थ्यमा समस्या ज्यान संकटमा परिरहेको छ। विश्वकै प्रदुषित सहरमा काठमाडौंको समेत गणना भइसक्दा पनि सरकारले अझै यस विषयलाई गम्भीरतापूर्वक नलिएको र सरकारको यस्तो मौनताले जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको हनन भएको भन्दै विवेकशील नेपाली दलले शुक्रबार कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडी ‘धुलोमाण्डौमा साहित्य’कार्यक्रमको आयोजना गरेको थियो।
कार्यक्रममा अभियान कर्ताहरुले धुलोमाण्डौ विषयमा रहेर विभिन्न साहित्यिक रचना, कविता तथा नाटक पनि देखाएका थिए।
कार्यक्रमलाई थप रचनात्मक र सन्देशमुलक बनाउने उद्देश्यका साथ एक बिरामी, प्रधानमन्त्री, स्वास्थ्य मन्त्री तथा जनसङ्ख्या मन्त्री सम्मिलित पात्रहरु बनाई मास्क वितरण तथा प्रदुषणबाट जोगिऔ भन्दै शन्देश दिइएको छ।
‘हामीलाई अहिलेको सडक विस्तार पूर्ण भैसक्नु अघि नै घाट पुग्ने पो हो कि भन्ने डर लाग्न थालेको छ,’ अभियन्ता प्रितम सुवेदीले बताए।
व्याप्त धुलो-धुवाँ हुने काठमाडौँका मुख्य स्थानमध्ये कलंकी एक हो, हाम्रो ज्यान नै जाने खतरा मा छ त्यसै कारण यसको विरुद्ध हामीले यस कार्यक्रम कलंकीमा गरेको विवेकशील नेपालीले विज्ञप्ति मार्फत जनाएको छ।