जनता बैंकको चिपमा आधारित भिसा डेबिट कार्ड
काठमाडौं: जनता बैंकले चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । यो कार्डमार्फत कारोबार गर्दा सम्बन्धित कारोबारलाई अझ सुरक्षित बनाउने बैंकले जनाएको छ ।
उक्त कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्यबमोजिम चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको हो । पारम्परिक म्याग्नेटिक स्ट्रिप प्रविधिका कार्डभन्दा चिप प्रविधिका कार्ड बढी सुरक्षित मानिन्छ । आफ्ना ग्राहकसँग रहेका म्याग्नेटिक स्ट्रिप प्रविधिका कार्डलाई क्रमशः प्रतिस्थापन गर्ने बैंकको योजना छ ।