प्रभु इन्सुरेन्सको शाखा नयाँ सडकमा
काठमाडौं: प्रभु इन्सुरेन्स लिमिटेडले काठमाडौंको नयाँ सडकमा शाखा कार्यालय स्थापना गरी बिमासम्बन्धी सम्पूर्ण कारोबार सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले गरेका थिए । कार्यक्रममा अध्यक्ष चापागाईंले बिमा कम्पनीले आफ्नो दायरा फराकिलो बनाउँदै सेवा विस्तार गर्न सुझाव दिए ।
उनले हालसम्म जनसंख्याको ५÷७ प्रतिशत जनताले मात्र बिमा सेवा प्राप्त गरेकाले ९२\९५ प्रतिशत जनता बिमा सेवा लिनबाट बन्चित रहेको बताए । साथै दुर्गम क्षेत्रलगायतमा सेवा विस्तार गरी बिमा सेवा प्राप्त गर्न बाँकी जनतामा सेवा विस्तार गर्न उनले आग्रह गरे ।
शाखा कार्यालय स्थापनाबाट यस क्षेत्रका ग्राहकलाई प्रभावकारी रूपमा स्तरीय सेवासुविधा प्रदान गर्ने बताउँदै कम्पनीका उपाध्यक्ष राजेन्न्द्र मल्लले आगामी दिनमा कम्पनीको पुँजी वृद्धि गर्दै लैजाने योजनाअनुरूप कायम चुक्ता पुँजी ३८ करोड ५० लाखको ५० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।