पर्वतका चार क्याम्पसमा स्ववियु नेतृत्व चयन
कुश्माः गत वुधवारदेखि सुरु भएको स्वतन्त्र विद्यार्थी यूनियनको चुनावको परिणाम आउने क्रम जारी छ । हालसम्म पर्वतका चार वटा क्याम्पसमा निर्वाचन सम्पन्न भएको छ ।
सदरमुकाममा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पस, कार्किनेटामा रहेको अन्नपुर्ण बहुमुखी क्याम्पस, लेखफाँटमा रहेको ग्रामप्रकाश बहुमुखी क्याम्पस र तिलाहारमा रहेको नवजागृत बहुमुखी क्याम्पसमा निर्वाचन सम्पन्न भएको छ ।
जस मध्ये गुप्तेश्वर बहुमुखी क्याम्पस कुश्मामा नेविसंघका शिशिर क्षेत्रीको अध्यक्षतामा उपाध्यक्षमा अनेरास्ववियु र सचिवमा अनेरास्ववियू क्रान्तिकारीको नेतृत्व हुने गरी सर्वसम्मत भएको छ ।
त्यस्तै अन्नपुर्ण बहुमुखी क्याम्पसमा अनेरास्ववियूका हिमाल श्रेष्ठको नेतृत्वमा एकल प्यानल बिजयी भएको छ भने नवजागृत बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियूका अर्जुन परियारको अध्यक्षतामा एकल प्यालन निर्वाचित भएको छ ।
त्यस्तै उत्तरी पर्वतको लेखफाँट गाविसमा रहेको ग्रामप्रकाश बहुमुखी क्याम्पसमा अनेरास्ववियूकै राजेश हमालको अध्यक्षतामा निर्विरोध कार्यसमिति निर्वाचित भएको अनेरास्ववियू पर्वतका प्रचार विभाग प्रमुख लकास सुवेदीले जानकारी दिए ।
पर्वतका अन्य १२ वटा क्याम्पसहरु मध्ये अन्यमा निर्वाचन प्रकृया नै सुरु नभएको र केहीमा सुरु गर्ने तयारीमा रहेको जानकारी प्राप्त भएको छ ।