नेपालले नोबेल पुरस्कार पाएको हेर्ने धोको

नेपालले नोबेल पुरस्कार पाएको हेर्ने धोको

बनेपाः काभ्रेको बनेपामा आयोजना गरिएको 'बृहत् साहित्य सम्मेलन–२०७३' मा मञ्चमा ठमठम हिँड्दै आइपुगे ९७ वर्षीय वयोवृद्ध संस्कृतिविद् सत्यमोहन जोशी। बुढ्यौलीमा पनि उनको जोशमा कुनै कमी थिएन। अनुहारमा देखिएको चाउरिएका रेखा पन्छाउँदै जोशीले कत्ति पनि नकाँपेको आवाजमा आफूले भोगेको दुई युगको तस्बिर झल्कने गरी बोले।

त्यो तस्बिर कस्तो भने उनी जन्मेको समय राणाकालमा किताब पढेकै आधारमा जेल पुर्याइन्थ्यो। अहिलेको युग यस्तो छ, जहाँ किताब पढ्नेहरूबीच सम्मेलन नै हुन्छ। सम्मेलनमा उनले आफूले भोगेको साँघुरो र अहिलेको बृहत् पठन संस्कृतिको फलकबारे लामो समय बोले।

बृहत् साहित्य सम्मेलन उद्घाटनपछि'बदलिँदो पठन संस्कृति' विषयमा उनले सुरु गरेको सम्भाषण सुन्न धैर्यसाथ बसिरहेका दर्शकसमक्ष एक घन्टासम्म सय वर्ष अगाडिको नेपाल र अहिलेको नेपालबारे तुलना गरिदिए।'साहित्यमा नोबेल पुरस्कार पाएको हर्ने इच्छा छ', संस्कृतिविद् जोशीले भने,'विश्वका सबै देशलाई चिनाउने मुख्य माध्यम साहित्य नै हो। त्यसैले साहित्यको विकासले देशकै अनुहार देखाउँछ।'

राणाकालीन हुकुमी शैलीको आफूले सशक्त विरोध गर्दै संघर्ष गरेको उनले स्मरण गरे। उनले साहित्य र संस्कृतिको क्षेत्रमा विगत र वर्तमान अवस्थाबारे टिप्पणी गर्दै काभ्रेले साहित्यमा ठूलो सम्भावना बोकेको बताए।

दोस्रो सत्र थियो, 'काभ्रेली साहित्यिक संस्थाको अवस्था र गतिविधि'। यस सत्रमा मोहन दुवाल, छविरमण सिलवाल, सूर्यप्रसाद लाकोजू र रामसुन्दर देउजाले काभ्रेको साहित्यका विगत र वर्तमान अवस्थाबारे टिप्पणी गरे। कार्यक्रममा हाम्रो साहित्यक संस्थाको उदय र अवसानबारेको बहस चलेको थियो।
नेपाली कविताको समकालीन अनुहार' विषयक छलफलमा कविहरू हरि अधिकारी, निभा शाहा, रेशम विरही, रमेश श्रेष्ठ वक्ता थिए भने प्रस्तोता थिए पत्रकार दीपक सापकेटा। समकालीन नेपाली कविताको अनुहार उज्ज्वल र वर्तमान समयसापेक्ष रहेकोमा सहभागीले बहस गरेका थिए।

'अहिलेको कविताको अनुहार उज्ज्वल छ', कवि रेशम विरहीले भने, 'युवापुस्ता फरक चेतना र शैली बोकेर कवितामा आइरहेकाले तिनले नेपाली कवितालाई धनी बनाउनेछन्।' अहिलेको युवापुस्ता फिक्सन, ननफिक्सन भन्दा बढी कवितामा आकर्षित भएको हरि अधिकारीको जिकिर थियो। 'मार्क्सवादी कविहरूको उपस्थितिले नेपाली कवितालाई बलियो बनाउँदै लगेको छ', निभा शाहले भनिन्, 'उनीहरूको कवितामा कला र विचार सँगसँगै आएको देखिन्छ।'

सम्मेलनको अन्तिम सेसनमा कविता वाचन भएको थियो। कविता वाचन गर्नेमा हरि अधिकारी, रेशम विरही, निभा शाह, रमेश श्रेष्ठ, प्रोल्लास सिन्धुलीय, दीपक सापकोटा, फूलमान बल, रामप्रसाद ज्ञवालीलगायत थिए। शनिबार पनि विविध कार्यक्रम रहेको बृहत् साहित्य सम्मेलनका संयोजक नरेन्द्रकुमार नगरकोटीले बताए। सम्मेलन पाइला फाउन्डेसनले आयोजना गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.