स्वयम्भूमा गोली चल्यो : एक घाइते
काठमाडौं : केहीबेर अघि राजाधानीको स्वयम्भूमा गोली चलेको छ । अपहरणकारी छुटाउन फिरौती बुझाउन प्रहरीसहित पुगेका आफन्तलाई देखेपछि गोली चल्दा एक अपहरणकारी घाइते भएका छन्।
फागुन १९ गते बौद्धबाट अपहरण परेका मनदोर्जे तामाङ, विशाल तामाङ र नाङदुङ तामाङलाई छुटाउन अपहरणकारीले साढे ६ लाख रुपैयाँ फिरौती मागेका थिए ।
चार जना अपहरण परेको थाहा पाएपछि महानगरीय प्रहरी अपराध महाशाखाले अपरेसन सुरु गरेको थियो । साढे ६ लाख फिरौती तयार गरेर पीडितका आफन्तले पैसा दिन पटकपटक बोलाए पनि अपहरणकारी सम्पर्कमा आएका थिएनन् ।
शनिबार भने अपहरणकारीले पैसा लिएर स्वयम्भूमा बोलाएका थिए । प्रहरीसहित फिरौती रकम लिएर पुगेका आफन्तलाई देखेपछि गोली चलेको हो । अपहरणकारी दुर्गाबहादुर तामाङलाई गोली लागेको छ । प्रहरीले दुर्गाको साथबाट एउटा पेस्तोल र केही गोली बरामद गरेको छ।
प्रहरीले दुर्गासहित सचिन खवास र वीरबहादुर तामाङलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । दुर्गाको खुट्टामा गोली लागेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए।
प्रहरीले अपहरणकारीबाट अपहरित युवालाई मुक्त गर्ने क्रममा प्रहरीलाई टार्गेट गरेपछि जावफी फायरिङ गरेको बताएको छ।