जनतालाई ढाट्न मात्र चुनाव घोषणा : बाबुराम

जनतालाई ढाट्न मात्र चुनाव घोषणा : बाबुराम

जनकपुरधामः नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले सरकारले जनतालाई ढाट्नका लागि मात्रै स्थानीय निकायको निर्वाचन घोषणा गरेको अरोप लगाएका छन् । शनिबार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा.भट्टराईले अहिलेको चुनाव घोषणा सत्ता लम्ब्याउन र जनतालाई ढाट्नका लागि मात्रै गरिएको दावी गरे ।

उनले भने, 'चुनाव भन्दा पहिला संवैधानिक प्रक्रिया भन्दा बाहिर रहेका आदिवासी, जनजाती, मधेसी सबैलाई समेट्नु पर्दछ ।'  भट्टराईले अगाडि भने, संघीयतामा गएपछि संघ, प्रदेश र स्थानीय तहको कल्पना गरिएको हुनाले त्यहि अुसार अघि बढ्नुपर्ने भट्टराईले बताए उनले अगाडि भने, 'पहिले संघको त्यसपछि प्रदेश र अन्तमा स्थानीय तहको चुनाव हुनुपर्ने प्रक्रिया छ तर अहिले गाउँपालिका र नगरपालिकाको टुंगो समेत नलाई जनतालाई ढाट्नका लागि स्थानीय तहको निर्वाचन घोषणा गरिएको छ।' उनले तीनवटै तहको चुनाव गर्नका लागि केन्द्र, प्रदेश र स्थानीय तहको श्रृङ्खला मिलाउनु आवश्यक रहेको बताए ।

संविधान संशोधन गरी प्रदेश र स्थानीय तहको सिमाङ्कन बारे जनतालाई जानकारी भए मात्रै चुनावमा सार्थक हुने भएकाले जनतालाई मुर्ख बनाउनु भन्दा स्वतन्त्र र निष्पक्ष चुनावका लागि सत्तापक्षले प्रयास गर्नुपर्ने धारणा भट्टराईले राखे । सत्ताको भागभण्डाका लागि जनतामा भ्रम छर्ने काम एमाले र माओवादीले गरिरहेको हुनाले यसप्रति जनता सर्तक हुनुपर्ने उनको भनाई थियो ।

संसदमा भएका सबै दल र राजनीतिक शक्तिहरुको सहभागितामा एक सर्वदर्लीय र सर्वपक्षीय सरकार बनोस् र त्यसले निष्पक्ष चुनाव गराओस् भन्ने आफ्नो धारणा रहेको भट्टराईले बताए । आफू सधैँ चुनावको पक्षमा रहेको बताउँदै उनले त्यस अघि मधेसी, आदिवासी, जनजाती, थारु लागयतको माग संवोधन गरी माघ सात गते भित्रै चुनाव हुनुपर्ने बताए । डा.भटट्राईले नेकपा माओवादी केन्द्र, काँग्रेस र एमालेले एक आपसमा मिलेर संविधान संशोधन नगरी चुनावको मिति घोषणा गरेर जनतामा भ्रम छरेको टिप्पणी गरे । उनले सरकार टिकाउनलाई समेत चुनावको मिति घोषणा गरेको हुन सक्ने बताए ।

उनले केपी ओलीको नेतृत्वमा एकल जातीय अहंकारवाद मौलाएकोले यसले मधेसी र थारु बीच घृणा फैलाएर सत्तामा पुग्ने सपना देखाएको छ भने अर्कोतर्फ सिके राउत प्रवृत्तिले देशको अखण्डता माथि धावा बोल्ने प्रयास गरेको छ । त्यसप्रति जनता सचेत भई लोकतन्त्र संस्थागत गर्न लाग्नु पर्ने धारणा व्यक्त गरे । पार्टी प्रवेश कार्यक्रममा सद्भावना पार्टी र तमसपा लगायतका दलहरुबाट दुई सय भन्दा बढी नेता कार्यकर्ता नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.