स्थानीय तह ७३८

स्थानीय तह ७३८

काठमाडौः स्थानीय तहको संख्या र सिमाना थप गरी सात सय ३८ पुर्‍याइने भएको छ । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित ३ सदस्यीय कार्यदलले उक्त प्रतिवेदन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउन तयारी गरेको छ ।

प्रदेश नम्बर २ का ८ जिल्लामा १७ र मनाङ र बझाङमा १/१ थपेर ७ सय ३८ पुर्‍याउन लागिएको हो । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण आयोगले भने मुलुकभर गाउँपालिका र नगरपालिकाको संख्या ७ सय १९ निर्धारण गरी सोहीअनुसारको प्रतिवेदन पुस २२ मा प्रधानमन्त्री दाहाललाई बुझाएको थियो ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले आयोगले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा १९ वटा थप गरी ७ सय ३८ पुर्‍याउने तयारी भएको जानकारी दिए । स्थानीय विकासमन्त्री पाण्डे नेतृत्वको कार्यदलले स्थानीय तहको संख्या वृद्धि गरी ७ सय ३८ पुर्‍याउनेसहितको प्रतिवेदनलाई अन्तिम रूप दिएको छ ।

प्रतिवेदनअनुसार सप्तरीमा ४ थप गरी १६ वटा स्थानीय तह बनाइनेछ । सिराहामा ३ संख्या थपेर १५, धनुषामा ४ वटा थप गरी १७, महोत्तरीमा १ थप गरी १५, सर्लाहीमा पनि एउटा थपेर १७, बारामा २ वटा थपेर १५ र पर्सामा २ थपेर १३ वटा बनाउन लागेको हो ।

प्रदेश नम्बर २ का ८ जिल्लामा १७ र मनाङ र बझाङमा १/१ थपेर ७ सय ३८ पुर्‍याउन लागिएको हो । यसअघि आयोगले ७ सय १९ गाउँपालिका र नगरपालिकाको संख्या निर्धारण गरेको थियो ।

प्रदेश नम्बर २ का सातवटा जिल्लामा स्थानीय तहको संख्या कम्तीमा १ देखि बढीमा ४ वटासम्म थप गरिए पनि रौतहटमा कार्यदलले थप्ने काम गरेको छैन । आयोगले रौतहटमा १५ वटा तह निर्धारण गरेको थियो ।

यससँगै ८ जिल्लाको स्थानीय तहको संख्या आयोगले निर्धारण गरेको १ सय ६ बाट बढेर १ सय २३ पुग्नेछ । पूर्वसचिव डा.बालानन्द पौडेलले सुरुमा तोकेको स्थानीय तहको अधिकतम संख्या सीमा ७ सय ४४ नबढ्ने गरी कार्यदलले संख्या बढाउन लागेको हो । मनाङमा १ थपिएपछि ४ र बझाङमा १ थपिएपछि स्थानीय तहको संख्या ९ पुग्नेछ ।

जिल्ला प्राविधिक समितिले व्यवस्थित ढंगमा छलफल नगरी निष्कर्ष निकालेको, सांसदहरूले संख्या बढाउन सुझाव दिएको र मधेसी मोर्चाले असन्तुष्टि जनाएपछि सरकारले मन्त्री पाण्डेलाई अध्ययन गरी संख्या बढाउने जिम्मेवारी दिएको थियो ।

मन्त्रालयका सचिव अधिकारीका अनुसार, प्रतिवेदनमा संख्या थप गर्दा मधेसी मोर्चाबाहेक आठ जिल्लाका सांसद सहभागी थिए । कार्यदलको म्याद शुक्रबारसम्म भए पनि राति अबेरसम्म काम सम्पन्न नहुँदा शनिबार पनि संख्या थप गर्ने विषयमा गृहकार्य भएको थियो ।

उनले शनिबार अन्नपूर्णसँग भने, ‘लगभग इलाकाका आधारमा संख्या थप भएको छ । छलफल अझै अन्तिम भन्न मिल्दैन । आइतबार १० बजे प्रधानमन्त्रीलाई बुझाउनुअघिसम्म थप हेरफेर पनि हुनसक्छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.