तिलोत्तमा गोल्डकपको उपाधि संकटालाई

तिलोत्तमा गोल्डकपको उपाधि संकटालाई

बुटवलः १९औं तिलोत्तमा गोल्डकपको उपाधि सीएजी संकटा क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको हो । यो वर्ष पाँचौंपटक आमुन्नेसामुन्ने भएको आर्मीलाई स्तब्ध तुल्याउँदै संकटाले उपाधि जितेको हो । संकटालाई उपाधि दिलाउन मिडफिल्डर नीराजन खड्का नायक साबित भए । टोलीको दुवै गोल उनै नीराजनले गरेका हुन् ।

खेलमा अग्रता भने आर्मीले लिएको थियो । खेल सुरु भएको आधा घन्टा हुँदा राजीव गुरुङले विवेक बस्नेतको पासलाई सदुपयोग गर्दै आर्मीलाई १-० ले अघि बढाएका थिए । तर, संकटा एक गोलले पछि परेको अवस्थाबाट खेलमा फर्कियो । गोल बेहोरेको १० मिनेटपछि नीराजनले संकटालाई १-१ को बराबरीमा फर्काएका थिए । उनले सुशील केसीको पास सदुपयोग गर्दै टोलीका लागि बराबरी गोल गरेका थिए ।

त्यसपछि खेल सकिनु पाँच मिनेटअघि विदेशी खेलाडी मार्टिनको सहयोगमा गोल गर्दै नीराजनले टोलीको जित २-१ ले पक्का बनाएका थिए । उपाधिसहित संकटाले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्‍यो । यस्तै उपविजेता आर्मीले तीन लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्‍यो । विजेता खेलाडीलाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले पुरस्कार वितरण गरेका थिए ।

आर्मीले प्राप्त केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा लगातार दोस्रो वर्ष उपविजेतामै चित्त बुझाउन बाध्य बन्यो । आर्मी गत वर्ष पनि उपविजेतामै सीमित भएको थियो । खेलमा संकटाले पनि केही राम्रा अवसर चुकायो । खेलको १५औं मिनेटमा संकटाका मार्टिनको प्रहार पोस्ट माथिबाट आकासिएको थियो ।
प्रतियोगितामा रूपन्देहीका दिलीप क्षेत्री उत्कृष्ट चुनिए । त्यसबापत उनले एक थान स्कुटर हात पारे । प्रतियोगितामा संकटाका विनय श्रेष्ठ उत्कृष्ट गोलरक्षक ठहरिए । उत्कृष्ट प्रशिक्षक संकटाका सल्यान खड्की घोषित भए । आर्मीका हिरण्य मगर उत्कृष्ट डिफेन्डर घोषित भए भने दीप लामा सर्वाधिक गोलकर्ता बने ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.