वाद्यगुरु प्रजापतिलाई नागरिक अभिनन्दन

वाद्यगुरु प्रजापतिलाई नागरिक अभिनन्दन

भक्तपुरः भक्तपुरस्थित मध्यपुर थिमिका वरिष्ठ वाद्य एवं परम्परागत मौलिक नृत्यगुरु श्रीगोपाल प्रजापतिलाई नागरिक अभिनन्दन गरिएको छ । मध्यपुर थिमि नगर क्षेत्रका एक सय एक संघसंस्थाको आयोजनामा ८६ वर्षीय प्रजापतिलाई शताब्दी पुरुष एवं नेपालभाषा एकेडेमीका कुलपति सत्यमोहन जोशीले दोसल्ला ओढाई शनिबार अभिनन्दनपत्र प्रदान गरेका हुन् ।

सिद्धिलाल र लक्ष्मीमाया प्रजापतिको कोखमा १९८७ सालमा जन्मेका प्रजापतिको सम्मानमा प्रकाशन गरिएको चाँदीको सिक्का र पुस्तिका विमोचनसमेत गर्दै शताब्दीपुरुष जोशीले नेपालको मौलिक एवं परम्परागत नाच एवं वाद्यवादनको संरक्षण र सम्वद्र्धनमा प्रजापतिको योगदानको प्रशंसा गरे । ‘प्रजापतिजस्ता सांस्कृतिक धरोहरको माध्यमबाट नयाँ पुस्तामा कला र संस्कृति तथा मौलिक नाच र गीतसंगीत हस्तान्तरण गर्ने प्रबन्ध मिलाउनुपर्छ', जोशीले भने ।

अभिनन्दित प्रजापति सात वर्षको उमेरदेखि नै इन्द्र अप्सरा नाच सिकेर कला क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि निरन्तर मौलिक नाच एवं कला क्षेत्रमा होमिएका उनले भैल प्याखँ (भैरव नाच), महाकाली प्याखँ (महाकाली नाच), अष्टमातृका नाच, भष्मासुर नाच, लाखे नाच, ज्यापूज्यापुनी नाच पनि सिकेका छन् ।
मौलिक एवं परम्परागत वाद्यवादन खिँ, धिमे, मृदङ, दागः खिँ, दाफा खिँ, धाँ वादनमा दखल राख्छन् । यी नाच सिकेर सार्वजनिक रूपमा प्रदर्शन गर्दै आएका प्रजापतिले पछिल्लो समय नयाँ पुस्तालाई आफूले सिकेजानेका नाच र वाद्यवादन सिकाउँदै आएका छन् । यसका लागि उनले ठिमी कला परिषद् नामक सांस्कृतिक संस्थासमेत स्थापना गरेका छन् । प्रजापतिले सयौं युवकयुवतीलाई परम्परागत एवं मौलिक नाच र वाद्यवादन सिकाइसकेको परिषद्का सचिव ज्ञानराम श्रेष्ठले जानकारी दिए ।

पराम्परागत एवं मौलिक नाच र वाद्यवादनको संरक्षण र सम्वद्र्धनमा योगदान गरेका प्रजापतिलाई भक्तपुर, काठमाडौं र ललितपुरका पाँच दर्जनभन्दा बढी संघसंस्थाले यसअघि सम्मान गरिसकेका छन् । उनले शुभराज्याभिषेक पदक, गद्दी आरोहण महोत्सव पदक, श्री ५ वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रबल गोर्खा दक्षिणबाहु (चौथो) समेत पाइसकेका छन् ।

भक्तपुरका सांसद रामेश्वरप्रसाद ढुंगेल, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, मध्यपुर थिमि नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवाली लगायतले स्थानीय मौलिक कलासंस्कृति र नाच, वाद्यवादन आदिको संरक्षण गर्न सरकारले स्थानीय निकायलाई सक्षम र सबल बनाउनुपर्ने बताए । प्रजापतिलाई अभिनन्दन गर्नुअघि आयोजक समितिका पदाधिकारी बाजागाजासहित बहाखाबजारस्थित प्रजापतिको घर पुगेका थिए ।

दुलहाझैं सिँगारिएका प्रजापतिलाई बाजागाजासहित मध्यपुर थिमिको बालकुमारी मन्दिरसम्म पैदल हिँड्ने क्रममा स्थानीयवासीले सम्मान गर्दै जयजयकार गरेका थिए । उनको गला खादा र फूलमालाले भरिएको थियो । वाद्यवादक तथा परम्परागत नाचका गुरु प्रजापतिको सम्मानमा कार्यक्रमस्थलमा महाकाली नाच, इन्द्र अप्सरा नाच, अष्टमातृका नाच, भष्मासुर नाच, बाँसुरी बाजासमेत प्रस्तुत गरिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.