टीएलसीको ५५ इन्च स्मार्टटीभी बजारमा
काठमाडौंः अन्तर्राष्ट्रिय मान्यताप्राप्त टीएलसी ब्रान्डले नेपालमा आफ्नो ५५ इन्चको यूएचडी स्मार्टटीभी सार्वजनिक गरेको छ । नेपाललगायत अमेरिकामा पनि आफ्नो प्रभुत्व जमाउन सफल कम्पनीले आफ्नो ५५ इन्चको स्मार्टटीभी सार्वजनिक गरेको हो ।
टीएलसी ब्रान्ड एलईडी टीभीका विश्वकै तेस्रो ठूलो ब्रान्ड मानिन्छ जुन नयाँ आयाम र डिजाइनमा सधैं अग्रसर रहेको कम्पनीले जनाएको छ । टीएलसीले उपभोक्तामाझ नियमित सेवा दिँदै संसारभरिकै ग्राहकलाई सन्तुष्टी प्रदान गरेको जनाएको छ । अमेरिकामा पाएको सफलतापछि टीएलसी ब्रान्डले फेरि आफ्नो नयाँ उत्पादनसहित नेपाली बजारमा आएको छ ।
कम्पनीले ५५ इन्चको यूएचडी स्मार्टटीभी ल्याएको हो । स्टाइलिस डिजाइनका साथ बजारमा आएको टीभीमा एन्ड्रोइड ५.१, दुई एचडी एमआई पोर्ट, ल्यान पार्ट, अप्टिकल पोर्ट, दुई यूएसबी पोर्ट र ४० लाइन जस्ता विशेषता छन् । नेपालका लागि टीएलसी ब्रान्डको आधिकारिक बिक्रेता चौधरी गु्रपअन्तर्गतको ईओएल प्रालि रहेको छ ।