यती बैंकका एकै दिन चारवटा एटीएम
काठमाडौंः यती डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई आधुनिक र सरल बैकिंङ सुविधा उपलब्ध गराउँदै लैजाने क्रममा १९ गतेदेखि बैंकको इटहरी, बितामोड, पालुङ र ढल्केबर शाखाबाट एटीएम सञ्चालनमा ल्याएको छ ।
उक्त एटीएम बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले एक समारोहबीच विद्युतीय प्रणालीमार्फत केन्द्रीय कार्यालय दरबारमार्गबाट उद्घाटन गरेका छन् । अधिराज्यभरि २५ वटा शाखासहित एटीएम संख्या २४ पुगेको छ ।
यसअघि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग समन्वय गरी अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवासमेत सुरु गरिसकेको छ । आगामी दिनमा पनि बैंकले यस्तै आधुनिक तथा प्रविधियुक्त थप सेवामार्फत ग्राहकलाई सेवा पुर्याउने बैंकको योजना छ ।