ग्लोबल आईएमईको राजस्व संकलन काउन्टर
काठमाडौः ग्लोबल आईएमई बैंकले यातायात व्यवस्था कार्यालय सतुंगलमा राजस्व संकलन काउन्टर सुरु गरेको छ । बैंकले सतुंगलमा रहेको यातायात व्यवस्था कार्यालयपरिसरमा काउन्टर स्थापना गरी राजस्व संकलन सुरुगरेको हो ।
यसअघि बैंकले यातायात व्यवस्था कार्यालय गण्डकी अञ्चलको पोखरा, कोसी अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जमा पनि राजस्व संकलन गरिरहेको छ । त्यस्तै बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, अध्यागमन विभाग, उद्योग विभाग परिसरलगायत सरकारी कार्यालयमा पनि राजस्व संकलन सेवा प्रदान गर्दै आएको छ ।
देशका हरेक क्षेत्र र वर्गसम्म बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले बैंकले आफ्ना ९४ शाखा, १०६ एटीएम, ६ वटा एक्सटेन्सन काउन्टर, ११ वटा राजस्व संकलन काउन्टर र ४४ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आएको छ ।