हुवावेलार्इ पन्ध्र अवार्ड
काठमाडौंः स्पेनको बार्सिलोनामा आयोजना भएको मोबाइल वल्र्ड कंग्रेस (एमडब्लूसी) मा हुवावे विभिन्न पन्ध्र अवार्डबाट सम्मानित भएको छ । नयाँ उतपादन पी १० र पी १० प्लस ग्लोबल रूपमा सार्वजनिक गरेको कम्पनीले उक्त कार्यक्रममार्फत हुवावे वाच २ पनि सार्वजनिक गरेको छ ।
कम्पनीको उत्पादन पी १० र पी १० प्लसले एमडब्लूसी २०१७ को उत्कृष्ट स्मार्टफोनबाट सम्मानित भएको छ । त्यस्तै टीथ्रीले हुवावे पी १० लाई एमडब्लूसी २०१७ अवार्ड, बेष्ट इडिटर च्वाइस, बेष्ट वेयरएबल वाच प्रदान गरेको छ ।
साथै कम्पनीले एचडी ब्लगमार्फत एचडी ब्लग अवार्ड, बेष्ट इडिटर च्वाइस, पकेट-लिन्टमार्फत बेष्ट अफ एमडब्लूसी २०१७, बेष्ट न्युफोन एन्ड डिभाइस, टके एडभाइजरमार्फत टप पिक, फोनएरेनामार्फत इडिटर पिक अफ एमडब्लूसी २०१७ र ट्रस्टेड रिभ्युजमार्फत बेष्ट फोन अफ एमडब्लूसी र रिकम्बुमार्फत बेष्ट अफ एमडब्लूसी २०१७ बाट सम्मानित भएको छ ।
त्यस्तै हुवावे वाच २ पनि टीथ्रीमार्फत एमडब्लूसी २०१७ अवार्ड, बेष्ट वेयरएबल, एचडी ब्लगमार्फत एचडी ब्लग अवार्ड, बेष्ट वेयरएबल, पकेट-लिन्टमार्फत बेष्ट अफ एमडब्लूसी २०१७, एक्सपर्ट रिभ्युमार्फत बेष्ट वेयरएबल घडीको रूपमा सम्मानित भएको कम्पनीले जनाएको छ ।