‘बाहुन’ प्रधानमन्त्री विरोधी बाबुराम !

‘बाहुन’ प्रधानमन्त्री विरोधी बाबुराम !

काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र स्थापनापछि पनि कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री ‘बाहुन’ मात्र भएकोमा आक्रोश व्यक्त गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको भित्तामा टाँसिएका १३ प्रधानमन्त्रीको फोटो सार्वजनिक गर्दै बाबुरामले निरन्तर एउटै जातिका कार्यकारी प्रमुख हुनु बहुजातीय मुलुकका लागि कति शोभनीय भन्दै प्रश्न गरेका हुन्।

संयोग त के छ भने बाबुरामले सबै बाहुन प्रधानमन्त्री भएर राष्ट्रको शोभामै प्रश्न गरेर सार्वजनिक गरेका तस्बिरमा उनको पनि तस्बिर छ। पूर्वप्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले अरुलाई प्रश्न गर्नुअघि आफ्नो अनुहार आफैँ हेर्न छोडेर बाबुरामले सस्तो लोकप्रियताका लागि बालुवाटारमा टाँसिएका तस्बिरको आलोचना गर्न खोजेको देखिन्छ।

सामाजिक सञ्जालमा सक्रिय बाबुरामले आइतबार बिहान ट्वीट गर्दै बहुजातिय मुलुकमा सबै बाहुनमात्र प्रधानमन्त्री भएकोमा आक्रोश व्यक्त गरेका हुन्। बाबुराम ट्वीटमा लेख्छन्, ‘बालुवाटारको भित्तामा टाँसिएका लोकतन्त्र/गणतन्त्रपछिका यी १३ कार्यकारी प्रमुख सबै एउटै जाति राष्ट्रियताका हुनु बहुजातीय मुलुकमा कति शोभनीय होला ?’

लोकतन्त्र/गणतन्त्र स्थापनापछिका कार्यकारी प्रमुख भनेर बाबुरामले कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, मनमोहन अधिकारी, सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दका फोटा समेत सार्वजनिक गरेका छन्। यद्यपी यी पाँच पूर्वप्रधानमन्त्री लोकतन्त्र र गणतन्त्र स्थापना हुनुअघिकै हुन्। यो आधारमा भने बाबुरामको विचार नै एतिहासिक दृष्टिमा गलत छ।

बाबुराको आक्रोशमा तथ्यगत त्रुटी देखिए पनि लोकतन्त्र र गणतन्त्र स्थापनापछिका प्रधानमन्त्री बाहुन जातिकै भएको भने सत्य हो। यद्यपी पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई पटक प्रधानमन्त्री भएको समेत गरेर लोकतन्त्र र गणतन्त्र स्थापनापछि नौ जनामात्र प्रधानमन्त्री भएका छन्। लोकतन्त्र स्थापनापछि गिरिजाप्रसाद कोइरालाले राष्ट्रप्रमुखसहित प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

गणतन्त्र स्थापनापछि भने पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी शर्मा ओली र फेरि अहिले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.