इटहरीमा आगलागी : दुई घर जलेर नष्ट
सबै तस्बिर : मिलन बिछोड
इटहरी : विद्युत सर्ट भएर आगलागी हुँदा इटहरी–४ का निरज पौडेल र अर्जुन पौडेलका घर जलेर नष्ट भएका छन् । आइतबार दिउँसो करिब साढे चार बजे निरजको घरबाट आगो सल्किएको थियो ।
एक्कासी ठूलो आवाजमा ग्यास सिलिण्डर पड्किएपछि आगलागी सुरु भएको प्रत्यक्षदर्शी कृष्ण ढकालले जानकारी दिए। निरजको घरमा रहेका दुई सिलिण्डर ग्याँस पड्किएपछि आगोले उग्र रुप लिएको थियो । बाँसको टाटीले बनाएको घर भएका कारण आगो तत्काल फैलिएको छिमेकी विक्रम थापाले बताए ।
इटहरी उपमहानगरपालीबाट गएको वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको छ । बाक्लो बस्ती भएका कारण कुनै मानवीय क्षति नहोस् भनेर अहिले नजिकै रहेको पूर्वी पृतना हेडक्वाटरबाट नेपाली सेनाको एक टुकडी आगलागी स्थलमा पुुगेको छ । केही समयअघि मात्र आगो नियन्त्रणमा आएको छ।