स्थानीय निर्वाचन आचारसंहिताले स्ववियु चुनाव रोकियो
काठमाडौं : यसअघि घोषणा हुन बाँकी रहेका बाहेकका क्याम्पसमा तत्काल स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नहुने भएको छ । स्थानीय चुनावको तयारीमा रहेको निर्वाचन आयोगले यसअघि घोषणा भएको बाहेकका क्याम्पसमा चुनाव नगर्न आइतबार विज्ञप्ति जारी गरेर अनुरोध गरेको हो ।
निर्वाचन आयोगका कानुन अधिकृत सन्तोषप्रसाद भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तिमा विश्वविद्यालय, व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेका पेशागत संघ संगठनका पूर्व निर्धातिर कार्यतालिका बाहेकका निर्वाचन नगर्न नगराउन नेपाल सरकारलाई निर्देशन दिइएको दिएको उल्लेख गरिएको छ।