विद्युत् हुकिङ गर्दा करेन्ट लागेर एककाे मृत्यु
राजविराज: सप्तरीको खोजपुर–७ मा विद्युत् हुकिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको बनरझुला गाविस–३ बस्ने ४५ वर्षीय मोहमद जियाउल मिया रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।
खोजपुर–७ मा रहेको उनको आफ्नै आँपको बगैँचामा ११ हजार भोल्ट भएको विद्युतमा हुकिङ गरी बिजुली तान्ने क्रममा करेन्ट लागेको थियो ।
सो क्रममा गम्भीर घाइते भएका उनको राजविराजथस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। रासस