ओप्पोलाई आधा दर्जन अवार्ड

ओप्पोलाई आधा दर्जन अवार्ड

काठमाडौंः मोबाइल वल्र्ड कंग्रेस (एमडब्ल्यूसी)मा पहिलो पटक ‘फाइभ एक्स डुअल क्यामेरा जुमर्‍ प्रविधि सार्वजनिक गरेसँगै उक्त प्रविधिबारे विश्वभरका मिडिया तथा प्रविधिप्रेमीबीच चर्चा चल्न थालेको छ । स्मार्टफोन बजारमै पहिलो पटक सार्वजनिक गरिएको यो प्रविधिका लागि ओप्पोलाई बेस्ट अफ एमडब्ल्यूसी, कुलेस्ट अफ एमडब्ल्यूसी, टप इनोभेस्टलगायत विभिन्न अवार्डबाट सम्मान गरिएको छ ।

कुलेस्ट अफ एमडब्ल्यूसी

अमेरिकी मासिक म्यागेजिन वायर्डले ओप्पोलाई ‘फाइभ एक्स डुअल क्यामेरा जुमर्‍ प्रविधिका लागि ‘कुलेस्ट अफ एमडब्ल्यूसी अवार्डर्‍बाट सम्मान गरेको छ । वायर्डले समग्र संस्कृति, अर्थतन्त्र र राजनीतिमासमेत असर पार्ने अत्यधिक सम्भावना बोकेका प्रविधिकेन्द्रित लेख प्रकाशित गर्दै आएको छ ।

एन्ड्रोइड अथोरिटी बेस्ट


एन्ड्रोइड अथोरिटी विश्वमै सर्वाधिक प्रयोग हुने अपरेटिङ सिस्टमका लागि समर्पित प्रकाशन गृह हो । यो प्रकाशन गृहले ओप्पोलाई ‘फाइभ एक्स डुअल क्यामेरा जुमर्‍ प्रविधिका लागि बेस्ट अफ एमडब्ल्यूसी-२०१७ बाट सम्मान गरेको हो । एन्ड्रोइड अथोरिटीको मासिक ग्राहक संख्या करिब ५ करोड छ । यसका उपभोक्ता प्राविधिक उद्योग, प्रविधिप्रेमी प्रयोगकर्ता विशेष छन् ।

द लुक-बट-डन्ट-टच अवार्ड फर कुल टेक


स्टफ म्यागेजिनले स्मार्टफोन बजारकै लागि पृथक आविस्कारका रूपमा वर्णन गर्दै यसको डेफ्थ अफ फिल्डलाई डिजिटल एसएलआर क्यामेरासँग तुलना गरेको छ । यसका लागि म्यागेजिनले कम्पनीलाई ‘द लुक-बट-डन्ट-टच अवार्ड फर कुल टेकर्‍ उपाधीद्वारा सम्मान गरेको छ । ग्याजेट परीक्षण तथा एक्स्क्लुसिभ प्रिभ्यूका लागि म्यागेजिन विशेष लोकप्रिय छ ।

उबरगिज्मो बेस्ट


उबरगिज्मो डट कम सर्वाधिक लोकप्रिय टेक ब्लगमध्येकै अग्रणी साइट हो । सानफ्रान्सिस्कोमा आधारित उबरगिज्मोले ओप्पोलाई एमडब्ल्यूसीमा प्रदर्शित गरिएको नयाँ प्रविधिका लागि बेस्ट अफ एमडब्ल्यूसी २०१७ उपाधीद्वारा सम्मान गरेको छ ।

मोबाइल गिक्स बेस्ट


ताइपेइमा आधारित मोबाइल गिक्स प्राविधिक खबर सम्प्रेषणका लागि विशेष म्यागेजिन हो । मोबाइल गिक्सद्वारा ओप्पोले समग्र स्मार्टफोन क्यामेराको कार्य क्षमतामै क्रान्ति ल्याउने सोचका साथ फाइभफोल्ड अप्टिकल जुम सपोर्टगर्ने प्रणाली ल्याएको उल्लेख छ । पेरिस्कोप प्रविधिमार्फत डुअल क्यामेराको प्रकाशनलाई प्रिजमबाट प्रवेश गराई पातला स्मार्टफोनमा फाइभफोल्ड जुममार्फत उत्कृष्ट गुणस्तरसहितको तस्बिर खिच्न सघाउने प्रविधि भन्दै बेस्ट अफ एमडब्ल्यूसी २०१७ उपाधी प्रदान गरेको हो ।

टप इनोभेसन एमडब्ल्यूसी


स्लोभाकियाको सर्वोत्कृष्ट प्राविधिक साइटमध्ये उत्कृष्ट साइटका रुपमा टेकबक्स डट एसकेलाई लिइन्छ । टेकबक्स डट एसकेले डुअल क्यामेरा जुम प्रविधिका लागि ओप्पोलाई टप इनोभेसन एमडब्ल्यूसी २०१७ उपाधीद्वारा सम्मान गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.