एनआईसी एसिया क्यापिटलको शुभारम्भ

 एनआईसी एसिया क्यापिटलको शुभारम्भ

काठमाडौंः एनआईसी एसिया बैंकको सहायक कम्पनीका रुपमा एनआईसी एसिया क्यापिटल लिमिटेडको औपचारिक सुरुवात गरिएको छ । कम्पनीको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र एनआईसी एसिया बैंकका अध्यक्ष जगदीशप्रसाद अग्रवालले संयुक्त रूपमा उद्घाटन गरे ।

एनआईसी एसिया बैंकको पूर्ण स्वामित्वमा १० करोड चुक्ता पुँजी रहेको एनआईसी एसिया क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङसम्बन्धी काम गर्न इजाजत पाएको संस्था हो ।

यो कम्पनीले बबहरमहलस्थित कार्यालयबाट पुँजी बजारसँग सम्बन्धित धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन, म्युचुअल फन्ड व्यवस्थापनलगायत काम गर्नेछ । कम्पनीले प्रचलित ऐन एवं नियमनकारी व्यवस्थाबमोजिम मर्चेन्ट बैंकिङ कम्पनीले गर्न सक्ने सम्पूर्ण सेवा प्रदान गर्ने जनाएको छ ।


कम्पनीको उद्घाटन कार्यक्रममा धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सीडीएस एन्ड क्लियरिङ लिमिटेड र एनआईसी एसिया बैंकका पदाधिकारी लगायतको बाक्लो उपस्थिती थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.