ग्रिनहिल सिटीको सीईओमा न्यौपाने
काठमाडौः ग्रिनहिल सिटी प्रालिले पूर्व बैंकर सुमन न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ । न्यौपानेले तत्कालीन नेपाल अरब बैंकबाट जागिर सुरु गरी हिमालयन बैंक, तत्कालीन ग्लोबल बैंक र सनराइज बैंकमा करिब २५ वर्ष काम गरिसकेका छन् । उनले पछिल्ला दुई बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाएका थिए ।
त्यसपछि उनले सन् २०१० देखि सिंगापुर, अस्ट्रेलिया र अमेरिकामा लगानी, रेमिटेन्स, नविकरणीय ऊर्जा र मानव संसाधन व्यवस्थापनको काम गरेका थिए । ग्रिनहिल सिटी नेपालको अग्रणी आवास विकास कम्पनी हो । हाल यसको काठमाडौंको मुलपानी, ललितपुरको इमाडोल र भक्तपुरको बालकोटमा परीयोजना सञ्चालनमा छन् । कम्पनीले निकट भविष्यमा धुम्बाराही र अन्य स्थानमा पनि व्यवस्थित सामुहिक आवास निर्माण गर्ने बताएको छ ।