घोषित मितिमै स्थानीय निर्वाचन हुन्छ, ढुक्क हुनुस्ः प्रधानमन्त्री

घोषित मितिमै स्थानीय निर्वाचन हुन्छ, ढुक्क हुनुस्ः प्रधानमन्त्री

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषित मितिमै स्थानीय निकायको निर्वाचन गराएरै छोड्ने दाबी गरेका छन्। सोमबार माओवादी केन्द्रनिकट दलित मोर्चाको बैठकमा प्रचण्डले सरकार स्थानीय निर्वाचनबाट पछि नहट्ने भन्दै घोषित मितिमै निर्वाचन हुने बताएका हुन्।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा माओवादीको रगत पसिना भएको बताए। उनले भने,‘ ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणालीमा माओवादीको रगत पसिना छ। जसको रगत पसिना छ, यी उपलब्धि जोगाउने दायित्व पनि हाम्रै हो।’

नयाँ संविधानले दलितहरुको अधिकार र आत्म सम्मानको रक्षा गरेको प्रचण्डले बताए। उनले भने,‘नयाँ संविधानमा दलितहरुको अधिकारलाई मौलिक हकको रुपमा राखिएको छ । समानुपातिक, समावेशिता जस्ता मुद्दालाई संस्थागत गरिएको छ, आवासको हक सुनिश्चित गरिएको छ । एकतावद्ध भएर संविधानको कार्यान्वयन गरेर मात्र दलित अधिकार संरक्षण गर्न सकिन्छ ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.