किन जाँदैछन् गृहमन्त्री निधि भारत?
काठमाडौंः उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि अर्को साता भारत जाने भएका छन्। नयाँ दिल्लीमा हुने आतंकवाद प्रतिवाद सम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन गृहमन्त्री निधि अर्को साता (मंगलबार) भारत जान लागेका हुन्।
यही मार्च १४ तारिखदेखि सुरु हुने तीन दिने सम्मेलनको उद्घाटन सत्रमा भाग लिन मन्त्री निधि भारत जान लागेका हुन्। गृहमन्त्री भएपछि निधिको तेस्रो पटक भारत भ्रमणमा जान लागेका हुन्। तीन दिने दिल्ली बसाइका क्रममा गृहमन्त्री निधिले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ।
भारतस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले मन्त्री निधिले भारतमा रहँदा उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको पुष्टि गरे। सम्मेलनमा अमेरिका, बेलायत, जर्मनी, रुससहित ३० भन्दा बढी मुलुकका विज्ञहरुको सहभागिता रहनेछ।