यसकारण हुन सकेन आर.आरमा स्ववियु चुनाव

यसकारण हुन सकेन आर.आरमा स्ववियु चुनाव

काठमाडौं: साेमबार विहानदेखिको लामो रस्साकसीपछि अन्ततः आर.आर. क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ। क्याम्पसको स्ववियु निर्वाचन समितिका प्रमुख हरिप्रसाद पराजुलीले विज्ञप्ति जारी गर्दै प्रहरीले प्राध्यापक र कर्मचारीलाई क्याम्पस प्रवेशमा रोक लगाएका कारण निर्वाचन गर्न नसकिएको बताएका छन् ।

विहानै देखि मतदान सुरु गर्ने भनिए पनि विवादका कारण मतदान सुरु हुन सकेको थिएन । क्याम्पस प्रशासन र एमालेनिकट अनेरास्ववियु निर्वाचन गराई छाड्ने भन्दै लागि परेका थिए भने आफूहरुको सहमतिबिना एक पक्षीय रुपमा निर्वाचन गराउन खोजेको भन्दै क्रान्तिकारी, नेविसंघ लगायतका विद्यार्थी संगठनले विरोध गरेका थिए ।

विहानैदेखि मतदान सुरु गर्ने भनिए पनि विवादका कारण मतदान सुरु हुन सकेको थिएन । निर्वाचन आयोगले फागुन १८ गते देखि निर्वाचन आचारसंहिता लागु भइसकेको भन्दै स्थानीय निकायको निर्वाचन नभएसम्म निर्वाचन हुन नसकेका क्याम्पसमा स्ववियु निर्वाचन रोक्न पत्राचार गरेको थियो ।

। स्ववियु निर्वाचनको प्रक्रिया सुरु भइसकेकाले त्यसलाई आचारसंहिताले प्रभावित नगर्ने भन्दै आर.आरमा सोमबार निर्वाचन गर्ने तयारी गरिएको थियो ।
सोमबार दिउँसो पनि आचारसंहिता १८ गते देखि नै लागु भएकाले निर्वाचन नगर्नु भन्ने आशयको पत्र निर्वाचन आयोगले त्रिविलाई पठाएको छ ।

अनेरास्ववियुका नेता माधव पन्तले निर्बाचन सम गर्न खटिएका प्रहरीनै प्रचण्ड र निधिको निर्देशनमा चुनाव रोक्न खोज्नु दुःखद भएको बताए । ‘यस्तो प्रवृतिले लोकतन्त्रको धज्जि उडाइरहेको छ, चुनाव बिथोल्नु कुनै तुक थिएन ।’ उनले भने ।  आरआर क्याम्पसमा बिहान क्याम्पस प्रमुख नै क्याम्पस छिर्न सकेका थिएनन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.