परीक्षा तयारीका सात टिप्स

परीक्षा तयारीका सात टिप्स

काठमाडौं: यस दुुनियाँमा परीक्षालाई रमाइलो मान्ने विद्यार्थी भेट्टाउन निकै कठिन छ । तर सही तरिका समातेर गरिएको परीक्षा तयारीले उत्कृष्ट नतिजा दिने गरेको विभिन्न अध्ययनले देखाएको छ । जुुनसुुकै तहको परीक्षा तयारी गरिरहेका भए पनि विद्यार्थीले तयारीअघि केही यस्तो तरिका समात्नुुपर्छ जसले उनीहरूलाई परीक्षामा आनन्द प्रदान गर्नुुको साथै सोचेजस्तै नतिजा ल्याउनसमेत मद्दत गर्दछ ।

अध्ययनका लागि पर्याप्त समय

परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई परीक्षा आउनुुभन्दा अन्तिम एक मिनेट पनि निकै महत्वपूर्ण हुुन्छ । त्यसैले विद्यार्थीले सबैभन्दा पहिला आफूले दिनुुपर्ने परीक्षा कतिवटा छन् र ती परीक्षामध्ये कुुन विषयलाई कति समय दिने भन्ने योजना विद्यार्थीले पहिले नै बनाउनुुपर्छ । कहिलेकाहीँ कुुनै विषयलाई धेरै समय र कुुनैलाई थोरै समय पनि दिनुुपर्ने हुुन्छ । यसको हिसाब तयारीको योजना बनाउने बेलामा गर्नुुपर्छ । यसो गर्नाले विद्यार्थीलाई आनन्द प्रदान गर्नुुका साथै सोचेजस्तो नतिजासमेत प्रदान गर्दछ ।

अध्ययन कक्षमा पर्याप्त स्थान

परीक्षाको तयारीका लागि होस् अन्य जुुनसुुकै विषय अध्ययन गर्न बसेका विद्यार्थीका लागि पनि अध्ययन कक्ष पर्याप्त हुुनुुपर्छ । अध्ययनका क्रममा विद्यार्थीले आवश्यकताअनुुसार प्रशस्त किताब र कापी प्रयोग गर्नुुपर्ने हुुन्छ । प्रयोगका क्रममा यी सामग्रीहरू यताउति छरिन्छन् । यो सामान्य कुुरा हो । यसका लागि स्थान पर्याप्त स्थान चाहिन्छ । अध्ययन कक्षमा कम्प्युुटर, बत्ती, कुुर्सी आदि सामग्रीलाई सजिलो हुुनेगरी राख्नुुपर्छ । कोही विद्यार्थी अध्ययनका क्रममा गीतसंगीत बजाउने बानी परेका हुुन्छन् । कुुनै विद्यार्थी अत्यन्त शान्त भएर बस्ने हुुन्छन् ।

चार्ट र डायग्रामको प्रयोग 

कुुनै विषयवस्तुु पढ्दा श्रव्यदृश्य सामग्रीले सम्झन निकै सहयोग पुर्‍याउँछ । यदि यस्तो उपकरण नभएको खण्डमा महत्वपूर्ण विषयलाई चार्ट वा डायग्राममा उतारेर राख्नुुपर्छ । जसलाई आफूले चाहेको र सम्झन खाजेको अवस्थामा सहजै हेर्न सकियोस् ।

पुुराना प्रश्नपत्रको अध्ययन

परीक्षा तयारी गर्दा विद्यार्थीले सधैं सम्झनुुपर्ने विषय हो, पुुराना प्रश्नपत्रको अध्ययन । यसो गर्दा परीक्षाको कस्तो फरम्याटमा आउँछ ? उत्तर कसरी दिने वा कस्ताकस्ता प्रश्नहरू बढी महत्वपूर्ण हुुन्छन् भन्ने जान्न सहज हुुन्छ । कस्तो प्रश्नलाई कति समय दिएर लेख्ने भन्ने जान्न पनि यसले सहयोग पुर्‍याउँदछ ।

आफूले जानको कुुरालाई साथीभाइलाई भन्ने

भनाइ नै छ, विद्यार्थीलाई सिक्नको लागि पुुस्तक अध्ययन गरेरभन्दा आफूले जानेको कुुरा अरूलाई भन्दा बढी प्रभावकारी हुुन्छ । त्यसैले साथी, दाजुुभाइ, दिदीबहिनी वा आमाबाबुुलाई नै भने पनि आफूले पढिरहेको विषयको प्रश्न आफैंलाई सोध्न लगाउने गर्नुुपर्छ । यसो गर्दा सम्झन कठिन भएको विषय स्पष्ट हुुने र परीक्षामा लेख्न अल्मलिने समस्याबाट मुुक्ति पाइन्छ ।

समूहगत अध्ययन गर्ने

परीक्षा तयारी गर्दा साथीभाइसँग पर्याप्त भेटघाट गर्नुुपर्छ । कहिले आफूले प्रश्न सोध्ने र कहिले अन्य साथीलाई सोध्न सकिन्छ । यसो गर्दा पनि पढेको कुुरा स्पष्टसँग बुुझ्न सकिन्छ । त्यसबाहेक साथीबाट नयाँ जानकारी पाउन पनि सकिन्छ ।

नियमित ब्रेक लिने

कुुनै मानिस म्याराथनको तयारीमा लागेको छ भने उसले २४ घन्टा नै दौडन सक्दैन र दौडनुु पनि हुुँदैन । यसैगरी परीक्षा आयो भन्दैमा विद्यार्थीहरू निरन्तर पुुस्तक र नोट बुुकमा मात्र केन्द्रित हुुनुु पनि हुुँदैन । यसले गर्दा उनीहरूलाई दौड परीक्षा आयो भन्दैमा दिन रात नभनी पढाइमा मात्र केन्द्रित हुुनुुहुुँदैन । नियमित रूपमा ब्रेक लिनुुपर्छ ।

रातमा पढ्दा सम्झन सजिलो हुुने विद्यार्थीले दिनमा धेरै थकाइ मार्ने र दिनमा पढ्दा सम्झन सजिलो हुुने विद्यार्थीले रातमा थकाइ मार्ने गर्नुुपर्छ । जुुन समयमा पढे पनि नियमित ब्रेक भने लिनुुपर्छ । यसबाहेक उनीहरूले नियमित पानी पिउने, हलुुका खानेकुुरा खाने गर्नुुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.