काष्ठमण्डपको २३.३७ प्रतिशत बोनस

काष्ठमण्डपको २३.३७ प्रतिशत बोनस

काठमाडौं: काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेडको साधारणसभा शुक्रबार सम्पन्न भएको छ । बैंक सञ्चालक समिति अध्यक्ष जगन्नाथ ज्ञवालीको अध्यक्षतामा बसेको नवौंं वार्षिक साधारणसभाले सेयरधनीलाई २३.३७ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले कुमारी बैंक लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनका लागि काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेडको एक कित्ता सेयर बराबर कुमारी बैंकको ०.८५ कित्ता अर्थात १००ः८५ को सेयर आदानप्रदान अनुपात पारित गरेको छ ।

कुमारी बैंक तथा काष्ठमण्डप डेभलपमेन्ट बैंकलगायत पश्चिमाञ्चल फाइनान्स कम्पनी, महाकाली विकास बैंक र काँक्रेविहार विकास बैंकलाई प्राप्ति गर्न भएको समझदारीपत्र र प्राप्ति समितिको संयुक्त निर्णयका आधारमा भएको अन्तिम सहमति/सम्झौतापत्र तथा अन्य सम्झौताको अनुमोदन तथा स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित भएको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.