ओमको नयाँ शाखा कलंकीमा
काठमाडौं : ओम डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंको कलंकीमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन सोमबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका थिए । बैंकले हाल ३१ वटा शाखाबाट एक लाख २५ हजार ग्राहकलाई सेवा पुर्याइरहेको छ ।
शाखा उद्घाटनका क्रममा बैंकका अध्यक्ष सुशीलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बैंकका विभिन्न गतिविधि जानकारी गराउँदै मनास्लु विकास बैंकसँग मर्जरको प्रक्रियामा रहेको र मर्जरपछि खोल्ने प्रक्रियामा रहेको शाखासहित ४२ वटा शाखा कार्यालय हुने उल्लेख गरे ।
उनले मर्जरपछि १०ः३ अनुपातमा हकप्रद सेयर जारी गर्ने जानकारी दिए । बैंकले आर्थिक वर्ष २०७३ पुस मसान्तसम्म १२ अर्ब ९९ करोड निक्षेप, ११ अर्ब ३४ करोड कर्जा लगानी गरी २९ करोड ८९ लाख सञ्चालन मुनाफा गरेको थियो ।