न्यानो स्पर्शद्वारा थलारामा पुस्तकालय
काठमाडौं: न्यानो स्पर्श फाउन्डेसनले बझाङ जिल्लाको थलारास्थित थलारा उच्च माध्यमिक विद्यालयमा पुस्तकालय सञ्चालनमा ल्याएको छ । संस्थाले उक्त स्थानमा सुदूरपश्चिमकै ठूलो पुस्तकालय ‘न्यानो स्पर्श पुस्तकालय प्रथम’ सञ्चालनमा ल्याएको हो ।
यो न्यानो स्पर्शको यात्रामा एउटा महत्वपूर्ण कदम भएको संस्थाले जनाएको छ । सबैको साथ र सहयोगले उक्त कार्य सम्भव भएको संस्थाले जनाएको छ । योसँगै त्यस क्षेत्रका विद्यार्थी तथा बालबालिका शिक्षामा सहयोग पुग्ने संस्थाले जनाएको छ । सबै विकास क्षेत्रका हरेक दुर्गम क्षेत्रमा न्यानो स्पर्श पुस्तकालय सञ्चालन गर्ने योजना बनाएको संस्थाले ‘सधैं सबैका लागि’ भन्ने मूल नाराका साथ शिक्षा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ ।
संस्थाले उक्त अवसरमा पुस्तकालय सञ्चालनमा ल्याउन सहयोग गर्ने सम्पूर्ण साथी, सामाजिक सञ्जालका समूह, विभिन्न विद्यालय, क्याम्पस, अनि सम्पूर्ण सहयोगीप्रति आभार प्रकट गरेको छ ।