नुवाकोटमा मिनीट्रक दुर्घटना, एकको मृत्यु

नुवाकोटमा मिनीट्रक दुर्घटना, एकको मृत्यु

विदुर: नुवाकोटको थप्रेकमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चालकसहित पाँचजना घाइते भएका छन् । निर्माण सामग्री पुर्‍याएर फर्कने क्रममा सोमबार राति थप्रेक–६ कुलकुलेमा मिनीट्रक दुर्घटना हुँदा स्थानीय गणेशप्रसाद खतिवडाको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका १६ वर्षका खतिवडालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते भएका थप्रेक–६ का रुपेश नेपाली, राजकुमार तामाङ र लाठो तामाङलाई उपचारका लागि काठमाडाँैको ग्रिनसिटी अस्पताल लगिएको छ ।

दुर्घटना भएको बा ४ ख ९९५ नम्बरको मिनीट्रकका चालक पञ्चकन्याका उमेश रुम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक रुम्बासहित मिनीट्रकमा रहेका सुन्दरादेवीका रवीन्द्र तामाङ पनि घाइते भएका छन् ।

थप्रेकको आरुखर्कमा बालुवालगायतको निर्माण सामग्री पुर्‍याएर फर्कने क्रममा कुलकुले भन्ने स्थानमा कच्ची सडकमा सन्तुलन गुमाउँदा दुर्घटना हुँदा मिनीट्रक २०० मिटर तल पुगेको प्रहरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.