देहरादूनमा नेपाल-भारत संयुक्त महोत्सव

देहरादूनमा नेपाल-भारत संयुक्त महोत्सव

नयाँदिल्ली: नेपालको उत्पादनहरुको भारतमा प्रदर्शन तथा प्रवद्र्धन गर्ने उद्धेश्यकासाथ भारतको उत्तराखण्डको राजधानी देहरादुनमा नेपाल भारत संयुक्त व्यापार महोत्सव आयोजना गरिएको छ। आइतबारदेखि शुरु भएको महोत्सवमा नेपालको पचास तथा भारतका एक सय स्टल राखिएका छन्।

देहरादूनको परेड ग्राउण्डमा शुरु भएको मेलामा नेपालको हस्तकला, कृषिजन्य सामग्री,गार्मेन्ट, पस्मिना, छालाजन्य उत्पादन, जडीबुटी लगायत पर्यटकीय प्रवद्र्धनका स्टलहरु राखिएका छन्।

उत्तराखण्ड राज्यसँग जोडिएका नेपालको बैतडी, दार्चुला लगायतको सीमाक्षेत्र आसपासको आर्थिक, सामाजिक, साँस्कृतिक तथा पर्यटीकय प्रवद्र्धनकालागि मेलाले सहयोग पुरयाउने अपेक्षा आयोजकले गरेका छन्। कंचनपुर उद्योग वाणिज्य संघले भारतीय रियल होस्ट कम्पनीसँगको सहकार्यमा भारतमा पहिलो पटक संयुक्त मेलाको आयोजना गरेको हो।

कार्यक्रमको उदघाटन सत्रमा बोल्दै उत्तराखण्डका मुख्यमन्त्री हरिश रावतले नेपालको आर्थिक विकासकालागि सहयोग गर्न भारत सरकार सदैब तयार रहेको बताउँदै उत्तराखण्ड सीमानाकासँग जोडिएका जिल्लाहरुको हितमा काम गर्न राज्य सरकार गम्भीर रहेको बताए।

रावतले उत्तराखण्डको विकासमा नेपालीहरुको उच्च योगदानलाइ मनन गर्दै ऐतिहासिक, सामाजिक,धार्मिक तथा साँस्कृतिक समानताको आधारमा पनि नेपाल भारतबीचको सम्बन्धलाइ सुमधुर बनाउनु दुबै मुलुकको आपसी हितकालागि उत्तिकै आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा नेपाली दूतावासका इकोनोमिक मिनिस्टर कृष्णहरि पुष्करले यस किसिमका मेला महोत्सवले दुइ मुलुकबीच जनस्तरको सम्बन्ध प्रगाढ हुनुका साथै आर्थिक बहसकालागि संयुक्त मंच प्रदान गर्ने धारणा राखे। कार्यक्रममा कंचनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले उत्तराखण्ड राज्यसँग जोडिएका नेपाली भुभागको व्यापार व्यवसाय बिस्तार तथा धार्मिक पर्यटकीय प्रवद्र्धनकालागि संयुक्त मेलाले थप सहयोग गर्ने विश्वास व्यक्त गरे।

सात दिनसम्म चल्ने मेलामा पर्यटनको क्षेत्रमा काम गरिहरेका टुर अपरेटहरुबीच अन्तक्रिया, स्थानीय लगानीकर्ता तथा आयात निर्यात व्यवसायीहरुका बीच छुट्टा छुटटै छलफल कार्यक्रमहरु आयोजना गरिएको छ।

नेपाल सरकारका तर्फबाट व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र ,नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ तथा भारत स्थित नेपाली दूताबासकासाथै उत्तराखण्ड सरकारको संयुक्त प्रवद्र्धनमा आयोजित मेलालाइ लाखौं दर्शकहरुले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.