क्याम्पसमा ताला लागेपछि चिया पसलबाटै प्रवेशपत्र वितरण
काठमाडौं : सोमबारका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुन नसकेपछि राजधानीको रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा ताला लागेको छ।
सुरक्षा प्रशासनले क्याम्पस सिलबन्दी गरी क्याम्पस प्रमुख, कर्मचारी, प्राध्यापक र निर्वाचन समितिका सदस्यलाई कलेज प्रवेशमा रोक लगाएको विरोध स्वरुप क्याम्पस प्रमुख निर्मलाकुमारी सुवालले सुरक्षा प्रमुखले माफी नमागेसम्म कलेलका कुनै पनि काम कारबाही नगर्ने अडान लिएकी छिन्।
क्याम्पस प्रमुखको यही अडानका कारण स्नातकोत्तर दोस्रो वर्षको परीक्षा प्रवेशपत्र क्याम्पस प्रशासनबाट वितरण हुन नसक्दा नजिकैको चिया पसलबाट वितरण गर्नुपरेको छ।